दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


३ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

दिनभर आजमा विश्वकपको उपाधि जित्न अस्ट्रेलियालाई २४१ रनको चुनौती, राष्ट्रपति पौडेलद्वारा अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर पूजाअर्चना, नेकपा माओवादी केन्द्र र नेसपाबीच एकता प्रक्रियालाई गति दिने निर्णय, हिन्दू राष्ट्रको माग गर्दै कोशी प्रदेशसभा सदस्य पराजुलीले गरे दण्डप्रणाम यात्रा, टिकटक चलिरहेको भए तत्काल जानकारी गराउन प्राधिकरणको आग्रहगायतका समाचारले प्रमुख स्थान पाए ।

विश्वकपको उपाधि जित्न अस्ट्रेलियालाई २४१ रनको चुनौती

विश्वकप क्रिकेटको फाइनलमा भारतले अस्ट्रेलियालाई जितका लागि २४१ रनको चुनौती दिएको छ । कसिलो बलिङ गरेको अस्ट्रेलियासामु निरिह बनेका भारतीय ६ जना ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । जारी विश्वकपमा भारतका कुनै पनि ब्याट्सम्यानले शतक नहानेको यो पहिलो खेल बन्यो ।

भारतका केएल राहुलले १ सय ७ बलमा एक चौका हान्दै ६६ रन बनाउँदा कीर्तिमानी ब्याट्सम्यान विराट कोहली ५४ रनमा आउट भए । ६३ बल खेलेका विराटले चार चौका प्रहार गरे । कप्तान रोहित शर्मा ३१ बलमा तीन छक्का र चार चौकासहित ४७ रनमा आउट भए ।

टिकटक चलिरहेको भए तत्काल जानकारी गराउन प्राधिकरणको आग्रह

नेपाल दूरसञ्चार प्राधिकरण अनुगमन महाशाखाले टिकटकको प्रयोग भइरहेको भए जानकारी गराउन अनुरोध गरेको छ ।

प्राधिकरणले आज एक सूचना प्रकाशित गरी नेपाल सरकारको निर्णयअनुसार दूरसञ्चार ऐन, २०५३ को दफा १५ ले दिएको अधिकार प्रयोग गरी सम्बन्धित सबै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकहरुलाई टिकटक बन्दका लागि यसअघि नै निर्देशन दिइसकेको स्मरण गराएको छ ।

राष्ट्रपति पौडेलद्वारा अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर पूजाअर्चना

राष्ट्रपति रामचन्द्र पौडेलले छठीमाताको पूजाअर्चना गरेका छन् । छठपर्वको उपलक्ष्यमा आज साँझ उनले कमलपोखरीको छठ पूजास्थलमा छठीमाताको पूजा गरेका हुन् । राष्ट्रपति पौडेलले गुह्येश्वरीमा निर्मित पूजास्थलमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै छठीमाताको पूजाअर्चना गरे ।

काठमाडौँ उपत्यकाका कमलपोखरी, गुह्येश्वरी गौरीघाट, कुपण्डोललगायत स्थानमा छठ पूजास्थल निर्माण गरी अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै छठीमाताको पूजाअर्चना भइरहेको छ । काठमाडौँ महानगरपालिकाद्वारा आयोजित छठ पूजामा उपराष्ट्रपति रामसहायप्रसाद यादवलगायत विशिष्ट व्यक्तिले छठीमाताको पूजा गरेको कमलपोखरी छठ पूजा समाजका सल्लाहकार दीपेन्द्र झाले जानकारी दिए ।

जलवायु परिवर्तनको असर कम गर्न पहल गर्छु : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको समस्यालाई अन्तर्राष्ट्रियस्तरण गरिने बताएका छन् । रुकुम पूर्वको मैकोटमा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले जलवायु परिवर्तनमा नेपालको भूमिका नगन्य भए पनि ठूलो क्षति व्यहोर्नु परेको अवस्थालाई ध्यानमा राखेर क्षतिपूर्तिका लागि स्पष्ट रुपमा आफ्ना कुरा राखिने बताए । जलवायु परिवर्तनको पीडा कम गर्न अन्तर्राष्ट्रिय कोषबाट सहयोग उपलब्ध गराइँदै आएको भए पनि नेपालले हालसम्म कममात्रै रकम पाएकाले त्यसमा उल्लेख्य रुपमा वृद्धि गर्न अन्तर्राष्ट्रिय समुदायलाई आफूले पटकपटक अनुरोध गरेको स्पष्ट पारे ।

आफ्नो आग्रहमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टियो गुटरेसले नेपाल भ्रमण गरेर जलवायु परिवर्तनबाट परेको प्रभावलाई नजिकैबाट हेरेर गएको प्रधानमन्त्री दाहालले उल्लेख गरे । जलवायु परिवर्तनबाट परेको प्रभावबाट दुःख पाएको नेपालले अन्तर्राष्ट्रिय समुदायबाट पाउनुपर्ने राहत अधिकारको विषय भएको प्रधानमन्त्रीको भनाइ छ । नेपालीले गर्दै नगरेको कमजोरीको सजाय पाइराखेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले ‘क्लाइमेट फन्ड’ बाट ठूलो राहतका लागि सरकारका तर्फबाट दस्तावेज तयार पार्न उच्च अधिकारीलाई निर्देशन दिइएको बताए ।

नेकपा माओवादी केन्द्र र नेसपाबीच एकता प्रक्रियालाई गति दिने निर्णय

नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीबीच एकता प्रक्रियालाई थप गति दिइने भएको छ ।

माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा आज बसेको दुई दलको वार्ता टोलीको संयुक्त बैठकले एकता प्रक्रियालाई अगाडि बढाउने सहमति गरेका हुन् । बैठकको सुरुमा एकता वार्ता समितिको विगतको गतिविधिबारे रिपोर्टिङ गरिएको संयुक्तरुपमा जारी विज्ञप्तिमा भनिएको छ ।

हिन्दू राष्ट्रको माग गर्दै कोशी प्रदेशसभा सदस्य पराजुलीले गरे दण्डप्रणाम यात्रा

कोशी प्रदेशसभा सदस्य भीम पराजुलीले हिन्दू राष्ट्र प्राप्तिका लागि भन्दै छठ पूजाको अवसरमा दण्डप्रणाम यात्रा गरेका छन् ।

पराजुलीले धर्म सहितको सनातन हिन्दू राष्ट्रको माग राख्दै सिंघिया घाटसम्म दण्डप्रणाम यात्रा गरेका हुन् । घरदेखि घाटसम्म शरीरले नापेर यात्रा गर्नुलाई छठमा प्रणाम यात्रा भनिन्छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका पराजुलीले हिन्दू राष्ट्र नभई देशको विकास र सुख शान्ति नहुने भन्दै १९ औं पटक दण्डप्रणाम यात्रा गरेको बताए । उनले मुलुकको शान्ति विकास र समृद्धिका लागि कामना गरेर दण्डप्रणाम यात्रा गरेको समेत बताए ।

नेपालमा पनि मनाइयो विश्व शौचालय दिवस

विश्व शौचालय दिवस नेपालसहित विश्वभर जनचेतनामूलक कार्यक्रम गरी मनाइएको छ ।

यस वर्ष विश्व शौचालय दिवसको नारा ‘परिवर्तनलाई बढावा दिऔँ’ भन्ने रहेको छ । नेपाललाई २०७६ सालको असोज १३ गते नै खुला दिसामुक्त देश घोषणा गरिएको छ ।

राष्ट्रपति पौडेलद्वारा अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर पूजाअर्चना, नेकपा माओवादी केन्द्र र नेसपाबीच एकता प्रक्रियालाई गति दिने निर्णय, हिन्दू राष्ट्रको माग गर्दै कोशी प्रदेशसभा सदस्य पराजुलीले गरे दण्डप्रणाम यात्रा,

दोधारा चाँदनी मुलुककै ठूलो आर्थिक नाका बन्ने : मन्त्री साउद

परराष्ट्रमन्त्री नारायण प्रकाश साउदले कञ्चनपुरको दोधारा चाँदनी नाका सुदूरपश्चिमको मात्र नभइ मुलुकको आर्थिक नाकाका रुपमा विकास हुने गरी काम अघि बढेको बताएका छन् ।

कञ्चनपुर उद्योग वाणिज्य सङ्घद्वारा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले दोधारा चाँदनी सुख्खा बन्दरगाह प्रक्रिया अघि बढ्नुका साथै महाकाली नदीमा चार लेनको पक्की पुल निर्माण भइसकेको बताए ।

प्रकाशित मिति : ३ मंसिर २०८०, आइतबार  ९ : ०२ बजे

आजको अर्थसंक्षेप : नेप्से बढ्यो, धितोपत्रको कमिसन  घट्यो 

काठमाडौं– सरकारले आज संघीय संसदमा आगामी आर्थिक वर्ष (आव) का

पाकिस्तानका सबै सरकारी उद्योग निजीकरण गर्ने घोषणा

एजेन्सी – देशको चरम आर्थिक सङ्कटका बीच प्रधानमन्त्री शहबाज सरिफले

पोखराको प्राइम सहकारी ठगी आरोपित अध्यक्षसहित आठ जना समातिए

कास्की – पोखरा महानगरपालिका-४ गैहपाटनस्थित प्राइम बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताको

क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा भोलि सुनुवाइ हुने

काठमाडौं – उच्च अदालत पाटनमा क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको

नीति तथा कार्यक्रममा समेटियो श्रम मन्त्रालयका ८ बूँदा

काठमाडौं – सरकारले आज संसद्‌मा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष