देउसीभैलोबाट सङ्कलित रकम पुस्तकालयलाई « Khabarhub

देउसीभैलोबाट सङ्कलित रकम पुस्तकालयलाई


३ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

सिमकोट – काठमाडौँमा अध्ययन गर्दै आएका हिमाली जिल्ला हुम्लाको सिमकोट गाउँपालिका–२ ठेहेका विद्यार्थीले यस वर्ष देउसीभैलोबाट सङ्कलित रकमबाट स्थानीय रामदेव माध्यमिक विद्यालयको पुस्तकालयलाई सहयोग गरेका छन् ।

ठेहे उदयमान युवा क्लबको आयोजनामा काठमाडौँमा खेलिएको देउसीभैलोबाट सङ्कलित रु ५५ हजारबाट सामान्य ज्ञान, कथा, निबन्ध, साहित्य, गजललगायतका पुस्तक खरिद गरी विद्यालयलाई सहयोग गरिने क्लबका अध्यक्ष हिक्मत भण्डारीले जानकारी दिए ।

देउसीभैलोबाट सङ्कलित रकममार्फत सामाजिक काममा पनि लगानी तथा सहयोग गर्ने प्रचलन बढ्दै गएको छ । अध्यक्ष भण्डारीले शिक्षक र विद्यार्थी दुवैका लागि उपयोग हुने गरी सहयोग गर्न लागेको बताए ।

प्रकाशित मिति : ३ मंसिर २०८०, आइतबार  ८ : ३७ बजे

मुस्ताङ भन्सारमा १५ दिनमै पौने दुई अर्ब राजस्व

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरलानाकास्थित लोमान्थाङ–४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार

आज तीजको दर खाने दिन

काठमाडौँ – हरितालिका (तीज) व्रतका लागि शक्ति प्राप्त गर्न नेपाली

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल भदौ २८ गते आइतबार सन् २०२६

आज २०८३ साल भदौ २८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २८ गते आइतबार सन् २०२६