विश्वकपको उपाधि जित्न भारतलाई फेरि अस्ट्रेलिया बाधक « Khabarhub

विश्वकपको उपाधि जित्न भारतलाई फेरि अस्ट्रेलिया बाधक


३ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी विश्वकपमा भारतलाई ६ विकेटले हराउँदै अस्ट्रेलियाले विश्वकपको उपाधि जितेको छ । ट्रेभिस हेडको शतकीय इनिङ्स घरेलु टिम भारतका समर्थकलाई स्तब्ध बनाउन महत्वपूर्ण बन्यो भने यही शतकमा अस्ट्रेलियाले विश्वकपको उपाधि चुम्यो ।

यसअघि भारतले अस्ट्रेलियासँग सन् २००३ मा दक्षिण अफ्रिकामा फाइनल हारेको थियो । घरेलु मैदान अहमदावादमा त्यही हारको बदला लिने भारतको लक्ष्य यसपटक पनि पूरा हुन सकेन । अस्ट्रेलियाको जितसँगै १२ वर्षपछि विश्वकप जित्ने भारतको सपना पनि अधुरै रह्यो ।

यता, अस्ट्रेलियाले समूह चरणमा भारतसँगको हारको बदाला भने लिन सफल भयो । त्यसबेला ६ विकेटले हारेको अस्ट्रेलियाले फाइनलमा भारतलाई ६ विकेटले नै हरायो ।

अस्ट्रेलिया र भारतबीच विश्वकप फाइनलमा यो दोस्रो भेट हो । दुवै भेटमा भारतीय खेलाडीहरु स्तब्ध बनेका छन् । फाइनलमा उच्च फर्ममा रहेको घरेलु टोलीका खेलाडीहरुको प्रदर्शनले समर्थकलाई खुसी दिन सकेन । यस विश्वकपका हरेक खेलमा कुनै न कुनै भारतीय खेलाडीले शतक प्रहार गरेका थिए । तर, फाइनलमा भने भारतीय ब्याटरले त्यो लय दोहोर्‍याउन सकेनन ।

यही खेलमा कप्तान रोहित शर्माबाहेक अन्य भारतीय ब्याटरले छक्का प्रहार गर्न सकेनन् । ‘तीनका ड्रिम’ स्लोगन अर्थात् तेस्रो पटक विश्वकप जित्ने घरेलु समर्थकको सपना रोहित शर्माको टिमले पूरा गर्न सकेन ।

अस्ट्रेलियाले कीर्तमानी छैटौँ पटक उपाधि जितेको छ । यसअघि उसले सन् १९८७, १९९९, २००३, २००७ र २०१५ उपाधि जितेको थियो । उसलाई पछ्याइरहेका भारत र वेस्ट इन्डिजले समान दुई पटक विश्वकपको उपाधि जितेका छन् ।

सबैभन्दा बढी आठ फाइनल खेलेको अस्ट्रेलिया दुई पटक मात्रै हारेको छ । अस्ट्रेलिया १९७५ को पहिलो विश्वकपमा वेस्ट इन्डिज र १९९६ मा श्रीलंकासँग फाइनलमा चुकेको थियो । चार पटक विश्वकप फाइनल खेलेको भारतले खेलेको भारतले दुई पटक हार व्यहोरेको छ । दुवै पटक भारत अस्ट्रेलियासँग स्तब्ध बनेको हो ।

 

प्रकाशित मिति : ३ मंसिर २०८०, आइतबार  १० : २९ बजे

चितवनमा भेटिएका शवको पहिचान भोलिदेखि

काठमाडौं । रसुवा बाढीमा बगेर बेपत्तामध्ये चितवनमा मात्र हालसम्म कुल

गोरखामा भेटिएका शवहरु पोखरा पठाइयो

काठमाडौँ । भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको

जलविद्युत आयोजनाका ३३८ कर्मचारी सम्पर्कविहीन, २१२ जना उद्धारको पर्खाइमा

काठमाडौँ – रसुवा–त्रिशूली करिडोरमा आएको भीषण बाढीले कुल ६७५ मेगावाट

बाढीपहिरो प्रभावितको राहतका लागि राष्ट्रसेवक कर्मचारीले २ देखि १० दिनसम्मको तलब सहयोग गर्ने

काठमाडौँ- सरकारी कर्मचारीको मासिक तलबको निश्चित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार