स्पेनिस ला लिगा : जिरोना फेरि शीर्षस्थानमा | Khabarhub Khabarhub

स्पेनिस ला लिगा : जिरोना फेरि शीर्षस्थानमा


३ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


456
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा जिरोना फेरि शीर्षस्थानमा उक्लिएको छ । गएराति भएको खेलमा अलाभेसलाई ३–० गोलले हराउँदै जिरोना शीर्षस्थानमा उक्लिएको हो । 

जिरोनाका लागि अर्टम दोभविवाईकेले दुई तथा पोर्चुगुइस मान्जानेराले एक गोल गरेका थिए ।

जिरोनाका अर्टमले खेलको २३औँ मिनेटमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि मान्जानेराले ४२औँ मिनेटमा गोल गर्दै टोलीको अग्रतालाई दोब्बर बनाए ।

त्यसपछि ५९औँ मिनेटमा अर्टमले पेनाल्टीमार्फत व्यक्ति दोस्रो गोल गर्दै जिरोनालाई सहज जित दिलाए ।

यो जितसँगै जिरोना १७ खेलबाट ४४ अंकसहित शीर्षस्थानमा छ । यसअघि ४२ अंकका साथ शीर्षस्थानमा रहेको रियल मड्रिड दोस्रो स्थानमा झरेको छ । तेस्रोस्थानको बार्सिलोनाको ३५ अंक छ । पराजित भएको अलाभेस १६ अंकसहित १३औँ स्थानमा छ ।

प्रकाशित मिति : ३ पुस २०८०, मंगलबार  ९ : १० बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका