कर्णाली राजमार्गको कालीकोट-जुम्ला सडकखण्ड स्तरोन्नति  « Khabarhub

कर्णाली राजमार्गको कालीकोट-जुम्ला सडकखण्ड स्तरोन्नति 


३ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

मान्म– कर्णाली राजमार्गअन्तर्गत कालीकोटदेखि जुम्लाखण्ड स्तरोन्नति गर्न थालिएको छ। आर्थिक वर्ष २०७९-८० मा बजेट सुनिश्चित गरी काम अघि बढाइएको हो । 

कालीकोटको दहीखोलादेखि नाग्म हुँदै जुम्ला बजारसम्म एक सय चार किलोमिटर सडकखण्डमा गत २०८० असारमा आठवटा खण्डमा ठेक्का सम्झौता भएर अहिले स्तरोन्नतिको कामले तीव्रता पाएको छ । 

कर्णाली राजमार्गको कालीकोटको दहीखोलादेखि नाग्म हुँदै जुम्ला बजारसम्म सडक स्तरोन्नति काम भइरहेको जुम्लास्थित सडक डिभिजन कार्यालयका प्रमुख दीपेन्द्र विष्टले बताएका छन् । ‘राजमार्गमा सडकको नियमित कामसँगै सडक मर्मतको काम थालिएको छ’, उनले भने, ‘छ महिनामा काम सक्नेगरी ठेक्का सम्झौता गरिएको छ । सम्झौताअनुसार पुस मसान्तमा काम गरिसक्नुपर्छ ।’

सडक मर्मतको काम अन्तिम चरणमा पुगेको र मर्मतका लागि रु ८० करोड बजेट विनियोजन भएको प्रमुख विष्टले जानकारी दिए। ‘साँघुरा सडक फराकिलो बनाउने, पहिरो गएको स्थानमा पर्खाल निर्माण गर्ने, नाला निर्माण गर्नेलगायत काम भइरहेका छन्’,उनले भने, ‘बर्सेनि पहिरो जाँदा सडक अवरुद्ध हुने गरेपछि मर्मत गर्न गरिएको छ ।’ आवश्यकताका आधारमा ग्याबिन वाल निर्माण पनि गरिएको कार्यालयले जनाएको छ ।

विश्व बैङ्कको आर्थिक सहयोगमा निर्माण भएको राजमार्ग २०६३ चैतदेखि  सञ्चालनमा आएको थियो । साँघुरो, हिलाम्य र खाल्डाखुल्डीका कारण राजमार्गमा यात्रा गर्ने यात्रुले बर्सेनि सास्ती खेप्दै आएका थिए । राजमार्गमा हुने सडक दुर्घटनाले बर्सेनि सयौँ यात्रुले ज्यान गुमाउनु परेको थियो । 

सडक स्तरोन्नति र मर्मतले यसमा कमी आउने कार्यालयले विश्वास लिएको छ । कार्यालयका अनुसार सुर्खेतदेखि दैलेख हुँदै कालीकोटसम्म स्तरोन्नति र मर्मतको काम सुर्खेतस्थित सडक डिभिजन कार्यालयले गरिरहेको छ ।

प्रकाशित मिति : ३ पुस २०८०, मंगलबार  १ : ४१ बजे

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका