कर्णाली राजमार्गको कालीकोट-जुम्ला सडकखण्ड स्तरोन्नति  | Khabarhub Khabarhub

कर्णाली राजमार्गको कालीकोट-जुम्ला सडकखण्ड स्तरोन्नति 


३ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

मान्म– कर्णाली राजमार्गअन्तर्गत कालीकोटदेखि जुम्लाखण्ड स्तरोन्नति गर्न थालिएको छ। आर्थिक वर्ष २०७९-८० मा बजेट सुनिश्चित गरी काम अघि बढाइएको हो । 

कालीकोटको दहीखोलादेखि नाग्म हुँदै जुम्ला बजारसम्म एक सय चार किलोमिटर सडकखण्डमा गत २०८० असारमा आठवटा खण्डमा ठेक्का सम्झौता भएर अहिले स्तरोन्नतिको कामले तीव्रता पाएको छ । 

कर्णाली राजमार्गको कालीकोटको दहीखोलादेखि नाग्म हुँदै जुम्ला बजारसम्म सडक स्तरोन्नति काम भइरहेको जुम्लास्थित सडक डिभिजन कार्यालयका प्रमुख दीपेन्द्र विष्टले बताएका छन् । ‘राजमार्गमा सडकको नियमित कामसँगै सडक मर्मतको काम थालिएको छ’, उनले भने, ‘छ महिनामा काम सक्नेगरी ठेक्का सम्झौता गरिएको छ । सम्झौताअनुसार पुस मसान्तमा काम गरिसक्नुपर्छ ।’

सडक मर्मतको काम अन्तिम चरणमा पुगेको र मर्मतका लागि रु ८० करोड बजेट विनियोजन भएको प्रमुख विष्टले जानकारी दिए। ‘साँघुरा सडक फराकिलो बनाउने, पहिरो गएको स्थानमा पर्खाल निर्माण गर्ने, नाला निर्माण गर्नेलगायत काम भइरहेका छन्’,उनले भने, ‘बर्सेनि पहिरो जाँदा सडक अवरुद्ध हुने गरेपछि मर्मत गर्न गरिएको छ ।’ आवश्यकताका आधारमा ग्याबिन वाल निर्माण पनि गरिएको कार्यालयले जनाएको छ ।

विश्व बैङ्कको आर्थिक सहयोगमा निर्माण भएको राजमार्ग २०६३ चैतदेखि  सञ्चालनमा आएको थियो । साँघुरो, हिलाम्य र खाल्डाखुल्डीका कारण राजमार्गमा यात्रा गर्ने यात्रुले बर्सेनि सास्ती खेप्दै आएका थिए । राजमार्गमा हुने सडक दुर्घटनाले बर्सेनि सयौँ यात्रुले ज्यान गुमाउनु परेको थियो । 

सडक स्तरोन्नति र मर्मतले यसमा कमी आउने कार्यालयले विश्वास लिएको छ । कार्यालयका अनुसार सुर्खेतदेखि दैलेख हुँदै कालीकोटसम्म स्तरोन्नति र मर्मतको काम सुर्खेतस्थित सडक डिभिजन कार्यालयले गरिरहेको छ ।

प्रकाशित मिति : ३ पुस २०८०, मंगलबार  १ : ४१ बजे

रुसमाथिको प्रतिबन्ध लम्ब्याउन इयू नेता सहमत

एजेन्सी– क्रेमलिन मैत्री हङ्गेरीले रुसमाथिको प्रतिबन्धलाई खुकुलो पार्नसक्ने सम्भावनाबीच थप

भिजिट भिसा प्रकरणमा देउवाले भने- गृहमन्त्रीविरुद्ध झुटा आरोप लगाउने प्रयास भयो

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले निर्धारित समयमा नै

जापान जाने प्रशिक्षार्थी कामदारमाथि ‘सिन्डिकेट’को लुट, कारबाही गर्न कांग्रेस केन्द्रीय सदस्य शिवाकोटीको माग

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजय बाबु शिवाकोटीले जापान जान

कुकुरको मासु बेच्न नपाउँदा कोरियाली किसानलाई तनाव

एजेन्सी – दक्षिण कोरियाली सरकारले सन्‌ २०२४ जनवरीदेखि देशभर कुकुरको

इजरायली रक्षा मन्त्रीको खुलासा- इरानी सर्वोच्च नेता खामेनेईलाई मार्न खोजेका थियौँ

तेलअभिभ- इजरायली रक्षा मन्त्री इजराइल काट्जले इरानका सर्वोच्च नेता अयातुल्ला