खेतबारीमा भेटिन थाले दुर्लभ अजिङ्गर « Khabarhub

खेतबारीमा भेटिन थाले दुर्लभ अजिङ्गर


३ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

झापा– घस्रने जातको संरक्षित वन्यजन्तुमा सूचीकृत अजिङ्गर झापाको विभिन्न स्थानमा भेटिन थालेका छन् । गत मङ्सिरको पहिलो साता भद्रपुर नगरपालिका–३ का अनही राजवंशीको खेतमा मोटो र लामो सर्प भेटियो । काउली बारीमा दिउँसो देखापरेको सो सर्प अजिङ्गर रहेछ । स्थानीयले प्लास्टिकको जालीले बेरेर घिस्याउँदै खेतबाट बाहिर निकालेर प्रहरीलाई खबर गरेका थिए । 

प्रहरीले नियन्त्रणमा लिएर अजिङ्गर डिभिजन वन कार्यालय झापामा बुझाएको थियो । अजिङ्गर भेटिएको यो स्थान मेची नदी पूर्व नेपालको सीमान्त गाउँ पर्दछ । यति टाढा गाउँमा अजिङ्गर कसरी पुग्यो भनेर बन कर्मचारी पनि अचम्मित छन् ।

त्यसैगरी, भद्रपुर-५ स्थित लक्ष्मण प्रधानको आँगनमा कदमको रूखमा बेरिएर बसेको ठूलो आकारको अजिङ्गर फेला परेपछि गाउँ त्रसित बनेको थियो । दश केजी तौलको सो अजिङ्गरलाई वन कर्मचारी र प्रहरीले उद्धार गरेर चारआली जङ्गलमा छाडिदिएका थिए । अजिङ्गर दुर्लभ जातको ‘पाइथन’ भएको पत्ता लागेको थियो ।

अर्जुनधारा, हल्दिबारी, कचनकबल, बाह्रदशीलगायत पालिकामा मानिसका खेतबारी र साना खोल्साहरुमा अजिङ्गर भेटिने गरेका छन् । यी क्षेत्र झापाको जलथल जङ्गल वरिपरि पर्दछ । जलथल जङ्गल अजिङ्गरको मुख्य बासस्थान मानिएको छ । 

जिल्लाका विभिन्न पालिकामा भेटिएका अजिङ्गरको उद्धार गरी डिभिजन वन कार्यालय झापाको उद्धार टोलीले प्राकृतिक बासस्थान स्थानीय सामुदायिक वनमा सुरक्षित लगेर छाड्ने गरेको जनाएको छ । वनको उद्धार टोलीले चालु आर्थिक वर्षको पाँच महिनामात्र छवटा अजिङ्गरको उद्धार गरेर प्राकृतिक बासस्थानमा छाडेको जनाएको छ । गत आर्थिक वर्ष २०७९-८० मा ११ वटा विभिन्न जातका अजिङ्गर मानिसहरुको घरको आँगन, खेत र सडकबाट उद्धार गरिएको डिभिजन वन कार्यालय झापाका अधिकृत ऋषि पराजुलीले बताए । 

उनका अनुसार उद्धार गरिएका सबै अजिङ्गरलाई प्राकृतिक बासस्थानमा छाडिदिने गरिएको छ । उनले पाँच केजीदेखि १६ केजीसम्मको अजिङ्गर फेला परिरहेको जानकारी दिए। ‘यो संरक्षित वन्यजस्तुहरु मध्येको घस्रने जन्तु हो’, उनले भने, ‘मानिसहरु सचेत छन् दुर्लभ जन्तु भन्ने ज्ञान छ । फेला पर्ने बित्तिकै खबर गर्छन् । हामी उद्धार गरिरहेका छौँ ।’

जीव वैज्ञानिक तथा हाल प्रतिनिधिसभा सदस्य डा के। आर। खम्बूले जिल्लामा पाइने अजिङ्गरहरु दुर्लभ जातिको रहेको बताए । उनले चिसो मौसममा तातो खोज्दै जङ्गलबाट अजिङ्गरहरु बाहिर निस्कने गरेको जानकारी दिए । ‘घस्रने जातका जन्तुहरुको रगत चिसो हुन्छ’, उनले भने, ‘हिउँदको समयमा घाम ताप्न बाहिर निस्कने गर्छन् ।’ उनका अनुसार अजिङ्गर मांसाहारी हुने हुँदा जङ्गलमा प्रशस्त मात्रमा आहार पाउने गर्छन् । मानिसको अतिक्रमण बढ्दै जाँदा आहारको खोजीमा अजिङ्गरहरु गाउँ बस्ती प्रवेश गर्ने सम्भावनालाई पनि उनले औँल्याए ।

प्रकाशित मिति : ३ पुस २०८०, मंगलबार  २ : १५ बजे

अडानीविरुद्ध अमेरिकामा चलिरहेको घुसखोरी मुद्दा खारेज

न्युयोर्क– भारतीय अर्बपति उद्योगपति गौतम अडानीविरुद्ध अमेरिकामा चलिरहेको घुसखोरी तथा

अवैध नदी उत्खनन गर्नेहरू प्रहरी नियन्त्रणमा

मुस्ताङ– कालीगण्डकी नदीको अवैध उत्खनन गर्ने सात व्यक्ति र उनीहरूले

गड्यौला मल बेचेर लाखौँ आम्दानी गर्दै

सर्लाही– सर्लाहीको लालबन्दीका सन्त लोप्चनले रोजगारीका लागि हुने विदेश पलायनले

२९ गतेको संस्थापन इतर समूहको भेलामा शेखर कोइरालाले सम्बोधन गर्ने

काठमाडौं- नेपाली कांग्रेसको संस्थापन इतर समूहले आयोजना गर्न लागेको राष्ट्रिय भेलामा

मन्त्रिपरिषद्को बैठक ३ बजे बस्दै

काठमाडौं- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रिपरिषद्को बैठक आज साउन २६ गते