गर्भवती र सुत्केरी महिलालाई पोषण सामग्री वितरण  « Khabarhub

गर्भवती र सुत्केरी महिलालाई पोषण सामग्री वितरण 


३ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


405
Shares
  • change font
  • change font
  • change font

दोलखा–  दोलखाको वैतेश्वर गाउँपालिकाले वडा नम्बर-१ गैरिमुदिका गर्भवती तथा सुत्केरी अवस्थामा रहेका स्थानीय महिलालाई पोषण सामग्री वितरण गरेको छ ।

पालिकाले हजार दिने आमा तथा गर्भ अवस्थामा रहेका महिलालाई पोषण सामग्री अन्तर्गत पर्ने हर्लिक्स,चना, दुई क्रेटका दरले अन्डा, गेडागुडी, साबुनलगायतका सामग्री वितरण गरेको हो ।

पालिकाको चालु वर्षकाे महिला तथा बालबालिका लक्षित कार्यक्रम अनुसार वडा नम्बर-१ का दुई वर्ष मुनिका बालबालिका र गर्भवती महिलालाई उक्त सामग्री वितरण गरिएको वैतेश्वर गाउँकार्यपालिकाकी सदस्य ठुलिकान्छी विकले जानकारी दिइन् ।

पोषण सामग्री वितरण कार्यक्रम वैतेश्वर गाउँपालिका-१ का वडा अध्यक्ष भिमबहादुर तामाङको अध्यक्षयता तथा पालिका अध्यक्ष छवि लामा र उपाध्यक्ष कल्पना उप्रेतीको उपस्थितिमा वितरण गरिएको थियो ।

पोषण सामग्री वितरण गर्दै पालिका अध्यक्ष लामाले गाउँपालिकाले वडा नम्बर-१ मात्रै नभई सबै वडामा यस पोषण कार्यक्रम सञ्चालन गर्ने बताएका छन् ।

प्रकाशित मिति : ३ पुस २०८०, मंगलबार  ३ : ३५ बजे

रानीवासमा महिला सामुदायिक भवन निर्माण

भोजपुर– भोजपुरको हतुवागढी गाउँपालिका–१ रानीवासमा महिला सामुदायिक भवन निर्माण सम्पन्न

एक दिन टिकेन इन्ट्रान्स र ब्रिजकोर्स बन्द गर्ने निर्णय : शिक्षा मन्त्रालयको वेबसाइटबाटै पत्र गायब !

काठमाडौं– बालेन्द्र शाह नेतृत्वको संघीय सरकारले प्रवेश परीक्षा तयारी कक्षा

कामपाद्वारा महिलाको स्तन र पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण सुरु

काठमाडौं– काठमाडौं महानगरपालिकाले महिलाहरूको स्तन र पाठेघरको मुखको क्यान्सरको निःशुल्क

नयाँ सरकार पनि पुरानै बाटोमा : थप पाँच देशमा श्रमिक युवा पठाउन श्रम सम्झौता

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको सरकार बनेपछि वैदेशिक रोजगारीमा जानु नपर्ने

सबै प्रदेशका सांसदसँग चरणबद्ध छलफलमा प्रधानमन्त्री शाह

काठमाडौं– बालेन्द्र शाहले सबै प्रदेशका सांसदहरूसँग चरणबद्ध छलफल सुरु गरेका