मेनपावरका सञ्चालकसहित दुई जना पक्राउ « Khabarhub

मेनपावरका सञ्चालकसहित दुई जना पक्राउ


३ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साउदी अरब पठाइदिन्छु भन्दै ठगी गर्ने मेनपावरका सञ्चालकसहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नवलपरासी स्थायी घर भएका ४२ वर्षीय लक्ष्मण विश्वा र काभ्रेपलाञ्चोक स्थायी घर भएकी  ४० वर्षीया सोफी मल्ल रहेका छन् ।

काठमाडौंकाे पुरानो बानेश्वरमा अवस्थित ओसो रिक्रुटिङ मेनपावरका संचालक लक्ष्मण विश्वा समेत दुई जनाले ओम बाबु साहलाई वैदेशिक रोजगारीको लागि साउदी अरब पठाइदिन्छु त्यसको लागि  एक लाख २५ हजार रुपैयाँ लाग्छ र साउदी अरब पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु, जहाँ मासिक ४० हजार रुपैयाँ तलब हुन्छ भनी विश्वास दिलाई एक लाख २५ हजार रुपैयाँ लिई सम्पर्क विहीन भई ठगी गरेकोले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा दुबैलाई मंसिर २२ गते पक्राउ गरेको हो ।

उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको  प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३ पुस २०८०, मंगलबार  ६ : ४५ बजे

योगदानको कदर गर्दै देउवालाई सम्मानित अभिभावक स्वीकार्छौँ : उपसभापति भुसाल

काठमाडौं । नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले पूर्वसभापति शेरबहादुर देउवा

गण्डकी र लुम्बिनीमा भारी र अति भारी वर्षाको सम्भावना

काठमाडौं । नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले गण्डकी

एमाले बैठकमा झपट रावलले भने : हामी नसुध्रिए योभन्दा दुर्दिन टाढा छैन

काठमाडौं- नेकपा एमालेको ललितपुरमा जारी केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्य

२०औँ एसियाली खेलकुद : महिला कबड्डीमा नेपाल विजयी

काठमाडौं– जापानको इची–नागोयामा भइरहेको २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला कबड्डीमा