परिणाममुखी काम गर्न मातहतका प्रमुखलाई मन्त्री रिजालको निर्देशन | Khabarhub Khabarhub

परिणाममुखी काम गर्न मातहतका प्रमुखलाई मन्त्री रिजालको निर्देशन


३ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले कुनै पनि कुतर्क नगरी परिणाममुखी काम गर्न मन्त्रालय मातहतका प्रमुखलाई निर्देशन दिएका छन् ।

मन्त्री रिजालले आज मन्त्रालयमा सचिव, सहसचिव, महानिर्देशक तथा मातहतका विभिन्न सार्वजनिक निकायका प्रमुखमाझ खरोरूपमा प्रस्तुत हुँदै यस्तो निर्देशन दिएका हुन्  । आर्थिक वर्ष २०८०-८१ को मङ्सिर महिनासम्मको प्रगति समीक्षा गर्न आज मन्त्रालयमा बैठक बसेको थियो ।

देश विकास र जनताको काम गर्न कसैले पनि ‘तर, पनि, यदि’ जस्ता शब्द प्रयोग गरेर उम्कन नपाउने मन्त्री रिजालको भनाइ थियो । ‘कानुनविपरीत जाने हैन, सबैले परिणाम दिने गरी र परिवर्तन देखिने गरी काम गर्नुहोस्’, मन्त्री रिजालले भने , ‘आफ्ना कमीकमजोरीलाई ढाकछोप नगरी इमान्दारीका साथ काम गर्नुहोस्, कुनै पनि तर्क दिएर कसैले पनि काम टाल्न नखोज्नुहोस् ।’

देशको परिस्थिति, जनअपेक्षा र सरकारको अभिभारा बुझ्न मन्त्री रिजालले सबैलाई आग्रहसमेत गरे । ऐन कानुनले ढिलासुस्ती भएको छ भने त्यो पनि भन्न आग्रह गर्दै मन्त्री रिजालले त्यस्ता ढिलासुस्ती निरुपण गर्नेतर्फ आफ्नो ध्यान जाने र अब ढिलासुस्ती स्वीकार्य नहुने स्पष्ट पारे । 

मन्त्रालयमा आर्थिक वर्ष २०८०-८१ को मङ्सिरसम्मको खर्चमा चालुतर्फ ३१ दशमलव शून्य दुई प्रतिशत अर्थात् एक अर्ब ५० करोड ३२ लाख, पुँजीगततर्फ ३ दशमलव शून्य छ प्रतिशत अर्थात् रु १० करोड १० लाख गरी कूल १९ दशमलव ७ एक प्रतिशत अर्थात् रु एक अर्ब ६० करोड ४२ लाख खर्च भएको छ ।

प्रकाशित मिति : ३ पुस २०८०, मंगलबार  ७ : १६ बजे

प्रदेशसभा कटहरीमा सर्ने भएपछि स्थानीयवासी उत्साहित

मोरङ– कोशी प्रदेश सरकारले मोरङ कटहरी गाउँपालिका–१ को तरकारी बजारमा

नेपाली विद्यार्थी, व्यवसायी र स्टार्टअपलाई ‘इन्डिया एआई इम्प्याक्ट च्यालेन्ज २०२५’मा सहभागी हुन आह्वान

काठमाडौं- नेपालका एआई नवप्रवर्तकहरू, विद्यार्थी, अनुसन्धानकर्ता, व्यवसायी र स्टार्टअपहरूलाई आफ्ना

सूर्य प्लाइ सुदूरपश्चिम रोयल्सको स्ट्रेन्थ पार्टनर

काठमाडौं– दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि सुदूरपश्चिम रोयल्सले

मधेश प्रदेशका नवनियुक्त प्रमुख कर्णद्वारा पदभार ग्रहण

काठमाडौं– मधेश प्रदेशका नवनियुक्त प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले पदभार

जेन-जी आन्दोलनको भावनाअनुरूप सेवा प्रवाह गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले जेन-जी आन्दोलनको भावना र मर्मअनुसार जनआकाङ्क्षाअनुरूप