खेलकुद

बुटवलमाथि जित निकालेको पोखरा एनएसएलको सेमिफाइनलमा

By खबरहब

December 19, 2023

काठमाडौं – बुटवल लुम्बिनी एफसीलाई पराजित गर्दै पोखरा थन्डर्स नेपाल सुपर लिग (एनएसएल) को सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज भएको खेलमा पोखराले बुटवललाई १-० गोलले हरायो ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा पोखराको जितमा मोजेस ट्वुमले इन्ज्युरी समयमा गोल गरे । पोखरा नेपाल सुपर लिगको दोस्रो संस्करणका सेमिफाइनल पुग्ने पहिलो टोली बनेको छ ।

यो जितसँगै पोखरा ७ खेलमा १४ अङ्कसहित तालिकाको शीर्ष स्थानमा समेत उक्लिएको छ । बुटवल ७ खेलमा ७ अङ्कसहित सातौँ स्थानमा छ ।

बुटवलको सेमिफाइनल पुग्ने सम्भावना कमजोर बनेको छ ।