राज्यमन्त्री चौधरीविरुद्धको रिट खारेज, सांसद पद जोगियो « Khabarhub

राज्यमन्त्री चौधरीविरुद्धको रिट खारेज, सांसद पद जोगियो


२ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


330
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सर्वोच्च अदालतले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री एवम् प्रतिनिधि सभा सदस्य अरुण चौधरीविरुद्धको रिट खारेज गरेको छ ।

कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित नागरिक उन्मुक्ति पार्टीका सांसद चौधरीको योग्यताबारे प्रश्न उठाउँदै अधिवक्ता वसन्त जोशीले दायर गरेको रिटमा को संवैधानिक इजलासले यस्तो निर्णय गरेको हो ।

सर्वोच्चका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरि फुयाल र मनोजकुमार शर्मा सम्मिलित संवैधानिक इजलासमा उक्त मुद्दाको पेसी तोकिएको थियो । उक्त मुद्दाको निर्णय सुनाउँदै इजलासले रिट खारेज गरिदिएको हो ।

संविधानको धारा ८७ ले संघीय संसद् सदस्य हुन आवश्यकने योग्यता निर्धारण गरेको छ। नैतिक पतन देखिने फौजदारी कसुरमा सजाय नपाएको, कुनै संघीय कानूनले अयोग्य नभएको व्यक्तिमात्रै संसद् सदस्य हुन सक्छ । तर, राज्यमन्त्री चौधरी आगजानीमा संलग्न भएको मुद्दामा दोषी भएका थिए । उनलाई जिल्ला अदालत कैलालीले ६ महिना कैद र ८ लाख १९ हजार रुपैयाँ जरिवाना तोकेको थियो ।

राज्यमन्त्री चौधरीविरुद्धको उक्त फैसला जिल्ला अदालतमै अन्तिम भएर बसेको थियो । संघीय सांसद भइसकेपछि उनलाई फैसला कार्यान्वयनका क्रममा पक्राउ गरिएको थियो । तर सरकारले आममाफी दिएपछि उनी कारागार मुक्त भए ।

उनीसहित तीनजनाले कैलालीको गोराङ्गा खोलाबाट ढुंगा लिएर लम्की जाँदै गएको ट्याक्टर जलाएका थिए । उक्त मुद्दामा दोषी ठहर चौधरीले गत २०७९ को निर्वाचनमा ढाँटेर मनोनयन दर्ता गराएको रिट निवेदकको दाबी थियो ।

सांसद चौधरीले मनोनयनका क्रममा कुनै अदालतले कैद तथा दण्डसजाय नतोकेको र भुक्तान गर्न पनि बाँकी नभएको उल्लेख गरेका थिए । उक्त रिट खारेजीसँग चौधरीको सांसद पद पनि सुरक्षित भएको छ।

प्रकाशित मिति : २ माघ २०८१, बुधबार  ७ : १३ बजे

वीरगञ्जबाट समातिएका प्रसाईंविरुद्ध तीन दिन म्याद थप

काठमाडौं- पर्साको वीरगञ्जबाट सोमबार राति पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध

राप्ती प्रादेशिक अस्पतालको डेढ बिघा जग्गा अतिक्रमणमा

तुलसीपुर– राप्ती प्रादेशिक अस्पतालको डेढ बिघा जग्गा अतिक्रमणमा परेको पाइएको

ट्रम्प र नेतन्याहूको हत्या गर्नेलाई इरानले ८०० करोड पुरस्कार दिने

तेहरान- इरानको संसद्ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री

गत आर्थिक वर्षमा गुगल, मेटा लगायतका कम्पनीले बुझाए ४० करोड बढी कर

काठमाडौं– गत आर्थिक वर्ष ०८१-८२ मा गुगल, मेटा, लिंक्डइन, माइक्रोसफ्ट,

दार्चुलामा प्रधानाध्यापक मृत्यु प्रकरण : आत्महत्या दुरुत्साहन आरोपमा ८ जना पक्राउ

दार्चुला- दार्चुलाको एक विद्यालयका प्रधानाध्यापक झुण्डिएको अवस्थामा मृत फेला परेको