नेताका कमजोरीका कारण व्यवस्थामाथि प्रहार भयो : वर्षमान पुन « Khabarhub

नेताका कमजोरीका कारण व्यवस्थामाथि प्रहार भयो : वर्षमान पुन


३ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले नेताहरुका कमजोरीलाई देखाएर राज्य व्यवस्थामाथि प्रहार गर्ने प्रयास भइरहेकाले सचेत हुनुपर्ने बताएका छन् ।

माओवादी केन्द्रको बागमती प्रदेश समितिको राजधानीमा आयोजित बैठकमा उपमहासचिव पुनले नेताका कमजोरी औँल्याएर व्यवस्था परिवर्तन सम्भव नहुने बताए । उनले भने, ‘नेताका कमजोरी पार्टीका कमजोरी हुन सक्दैनन, पार्टीको कमजोरी व्यवस्थाको कमजोरी हुन सक्दैन ।’

उपमहासचिव पुनले गणतन्त्र, सङ्घीयता, समानुपातिकता, समावेशी प्रतिनिधित्व र सामाजिक न्याय वर्तमान राज्य व्यवस्थाका खम्बा भएको र एउटा कमजोर हुँदा त्यसको प्रभाव स्वतः अर्कोमा पर्ने उल्लेख गरे । व्यवस्था सञ्चालनका क्रममा विकृति र विसङ्गति देखिएको स्वीकार गर्दै उनले कमजोरी सुधारेर अघि बढ्नुको विकल्प नरहेको बताए ।

उपमहासचिव पुनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले भ्रष्टाचार, तस्करी, कालोबजारी, दलालीकरण तथा सामन्ती अवशेषका रुपमा रहेको मिटरब्याजी समस्या समाधान गरेका कारण त्यस्ता धन्दाबाट लाभ लिइरहेका व्यक्ति आतङ्कित भएको बताए ।

प्रकाशित मिति : ३ पुस २०८०, मंगलबार  १० : २७ बजे

हामी निर्वाचनबाट देश नयाँ पुस्ताको हातमा जाओस् भन्ने चाहन्छौँ : प्रधानमन्त्री कार्की

काठमाडौँ– प्रधानमन्त्री सुशीला कार्कीले आफू नेतृत्वको सरकारको जिम्मेवारी फागुन २१

एनपीएलमा खेलाडीलाई म्याच फिक्सिङको प्रस्ताव गर्ने दुई जना पक्राउ

काठमाडौं – त्रिवि क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा

निर्वाचनका लागि उपयुक्त वातावरण बनाउन सरकारसँग राजनीतिक दलको आग्रह

काठमाडौं – राजनीतिक दलका प्रतिनिधिहरूले आगामी निर्वाचनका लागि उपयुक्त वातावरण

मकालु आधार शिविर घुम्न गएका पुरुषको लेक लागेर मृत्यु

सङ्खुवासभा – सङ्खुवासभाको मकालु आधार शिविर घुम्न गएका एक पुरुषको

दुर्गा प्रसाईँका सुरक्षागार्ड दीपक खड्का पनि पक्राउ, अभद्र व्यवहारको मुद्दामा अनुसन्धान सुरु

काठमाडौँ- नागरिक बचाउ महाअभियानका अध्यक्ष तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंका