ललितकला प्रतिष्ठानद्वारा रुपान्तरणकारी कार्ययोजना सार्वजनिक | Khabarhub Khabarhub

ललितकला प्रतिष्ठानद्वारा रुपान्तरणकारी कार्ययोजना सार्वजनिक


३ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले कला, सिर्जनाको विकास र प्रवद्धनमा पुनर्जागरण ल्याउनेगरी रुपान्तरणकारी कार्ययोजना अघि बढाएको छ ।

देशका सातै प्रदेशमा कलाको विकास गर्नेगरी प्रतिष्ठानले ललितकला क्षेत्रको रणनीतिक योजना सार्वजनिक गरेको हो । प्रतिष्ठानले आज सार्वजनिक गरेको योजनाअनुसार प्रदेश र पालिका सरकार तथा सरोकारी सङ्घसंस्थासँगको सहकार्यमा कला, स्थान र प्रतिभालाई प्राथमिकता दिँदै नेपाली राष्ट्रियपनको रैथाने लोक समुदायगत संस्कृति र भौगोलिक–प्राकृतिक पर्यावरणको विषयवस्तुलाई उठाउन खोजेको छ ।

प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले प्रतिष्ठानले संस्थागत संरचना सुधार, नीतिगत कार्यक्रम, आर्थिक, प्रशासनिक तहमा दीर्घकालीन महत्त्व राख्ने कार्यक्रम तथा निर्णय गर्न लागेको जानकारी दिए ।

त्यसका लागि प्रतिष्ठानले विभिन्न कार्यविधिसमेत तयार गरेको र केही कार्यविधि प्रदेशको थप आधारभूत छलफल तथा तथ्यस्थिति अध्ययनपश्चात् निर्माण गरिने उनले बताए । सार्वजनिक ललितकलाको रुपान्तरणकारी योजना हालै काठमाडौँमा भएको प्रतिष्ठानको प्राज्ञसभाले समेत पारित गरिसकेका छन् ।

प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले प्रतिष्ठानले कला क्षेत्रको विकास र प्रवद्र्धनका लागि प्रतिष्ठानले तलैदेखि काम सुरू गरेको बताए । उनले महत्वाकांक्षी योजना देखिए पनि कार्यान्वयन गर्न सकिने खालका रहेका जानकारी दिँदै प्रतिष्ठानको सीता भवनलाई उच्चस्तरको सङ्ग्रहालय बनाउने योजना अघि सारिएको जानकारी दिए।

यसअघि प्रतिष्ठानले ललितकला क्षेत्रको प्राज्ञिक उन्नयनसँगै मौलिकता संरक्षण गर्ने, रोजगारी सिर्जना गर्दै अर्थतन्त्रमा योगदान दिने, राजधानी तथा देशका सातै प्रदेशमा रहेका कलाकार तथा कला संस्थासँग भेटघाट गरी कला क्षेत्रमा गर्नुपर्ने कार्यका बारेमा सुझावसमेत लिएको थियो ।

नेपाली कलामा पुनर्जागरण ल्याउने उद्देश्यले प्रतिष्ठानले यही वर्षदेखि प्रादेशिक प्रदर्शनी सुरु गर्न लागेको छ । यस्तै नेपाली कला र कलाकारको सर्वेक्षण गर्ने, राष्ट्रिय ललितकला प्रदर्शनी, तीनवटा प्रदेशमा कलाकार सम्मेलनरकार्यशालारगोष्ठी तथा प्रदर्शनी, केन्द्रका तीनवटै प्रज्ञा–प्रतिष्ठान र प्रदेशरपालिकामा स्थापित प्रतिष्ठानरपरिषद्सरमिति आदिको काठमाडौँमा भेलालगायत कार्यक्रम गरिने प्रतिष्ठानले जनाएको छ ।

प्रदेश र पालिकामा सांस्कृतिक संरचना निर्माणमा सहजीकरण गर्न पहल गर्ने, बढ्दो तापक्रमले हिमालमा पारिरहेको प्रभावको पक्षमा केन्द्रित रहेर ‘हिमालको रहस्य’ विषयमा कला प्रदर्शनी गर्ने, संविधान र लोकतन्त्रको मूलभावमा रही गणतन्त्रको प्रतीकरस्तम्भको नमूना (म्याकेट) प्रतियोगिता गर्ने पनि कार्ययोजनामा समेटिएको छ ।

महिलारदलितरजनजातिरपछाडि पारिएका वा सुविधाविहीनलगायत जनसमुदाय आदिको जागरणसम्बन्धी कार्यक्रम, सहिद दिवसको अवसर पारेर कला प्रदर्शनी, सिर्जनावृत्ति प्राप्त गरेका कलाकारका कला प्रदर्शनी, लुम्बिनी प्रदेशको दाङस्थित गढवा गाउँपालिकामा सेरामिक्स हब र बागमती प्रदेशको रामेछापस्थित सुनापति गाउँपालिकामा थाङ्का कला हब बनाउने योजनामा समावेश छ ।

अहिले त्यसको सम्भाव्यता अध्ययनको कार्य अन्तिम चरणमा पुगेको छ । सम्भव भएसम्म रेनोभेसनरकन्जर्भेसन प्रशिक्षण, सिन्धुली कमलामाईस्थित कलाघर र पर्वत कुश्मास्थित शताब्दीघरसँग मिलेर कलासम्बन्धी कार्यक्रमसमेत गरिन पनि जनाइएको छ ।

किरात वास्तुकलाको खोज, नेपाली अर्थतन्त्रमा ललितकलाको योगदान, प्राज्ञिक खोज अनुसन्धानसम्बन्धी गोष्ठी, अन्तरक्रिया र कार्यशाला तथा यसै वर्षदेखि नेपाल ललितककला मेला पनि आयोजना गरिने भएको छ ।

परम्परागत ऐतिहासिकस्थल तथा कला सम्पदाको अध्ययन, अनुसन्धान, कला सिर्जना, हस्तकलासम्बन्धी कलात्मक सारङ्गी, टुङ्गना, मुकुन्डो प्रशिक्षण तथा कार्यशाला, सेरामिक्स प्रशिक्षण, मिथिला क्षेत्रमा लोक चित्रकला र हस्तकलासम्बन्धी प्रशिक्षण तथा प्रदर्शनी, लिम्बू लोकरहस्तकलाका बारेमा गोष्ठी, हिमाली लोक कला विषयक गोष्ठी तथा अन्तक्र्रिया, खाम कलाको अनुसन्धान गरिने जनाइएको छ ।

आधुनिक तथा समसामयिक कलाकारका कला प्रदर्शनी, चित्रकला कार्यशाला (रसुवा), समावेशी चित्रकला प्रदर्शनी र कार्यशाला, प्रिन्टमेकिङ कार्यशाला आदि गरिने कार्ययोजनामा उल्लेख छ ।

प्रकाशित मिति : ३ पुस २०८०, मंगलबार  ११ : ०८ बजे

इरानपछि लेबनानमा इजरायलको हवाई आक्रमण

तेलअभिभ- इजरायली सेनाले दक्षिणी लेबनानमा हवाई आक्रमण गरेको छ ।

कांग्रेस जनताको परीक्षामा पास भएको पार्टी हो, यसलाई बलियो बनाउनुपर्छ : उपप्रधानमन्त्री सिंह

काठमाडौं– नेपाली कांग्रेसका नेता, पूर्वमहामन्त्री प्रकाशमान सिंहले नेपाली कांग्रेस पार्टीलाई

पूर्वराजा शाह ७९ वर्षमा लाग्दै, जन्मदिनमा निर्मल निवास खुला गरिने

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाह आगामी असार २३ गते ७९औँ वर्षमा

वन्यजन्तुका लागि पानी खान पोखरी निर्माण

घोडाघोडी– कैलालीका सामुदायिक वनमा वन्यजन्तुलाई पानी खानका लागि पोखरी निर्माण गरिएका

प्रचण्डको गुनासो- सदन खुलाउँदा माओवादीकै कार्यकर्ताले मलाई दु:ख दिए

काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल