सोवितालाई उपसभामुखको उम्मेदवार बनाउने तयारी | Khabarhub Khabarhub

सोवितालाई उपसभामुखको उम्मेदवार बनाउने तयारी


६ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले उपसभामुखको उम्मेदवार टुंगाउन संसदीय दलको बैठक बोलाएको छ। सत्ता साझेदार दलमा उपसभामुख भाग परेपछि रास्वपाले अहिले बिहान ९ बजे उम्मेदवार टुंग्याउन दलको बैठक बोलाएको हो।

यो पार्टीबाट सोविता गौतमलाई उपसभामुखको उम्मेदवारी बनाउने तयारी रहेको छ । गौतम काठमाडौं २ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन्। उनले पूर्वसभामुख तथा माओवादी केन्द्रकी ओनसरी घर्तीलाई पराजित गरेकी थिइन् । कानुनका विषयमा जानकार भएकाले पनि गौतमलाई नै उपसभामुख बनाउनपर्ने मत पार्टीभित्र बलियो छ । उनी पत्रकारिता पृष्ठभूमिबाट राजनीतिमा होमिएकी हुन्।

संसद सचिवालयले आज उम्मेदवारी दर्ताको समय तोकेको छ। भोलि प्रतिनिधिसभामा मत विभाजन हुनेछ। सत्ता गठबन्धनको बहुमत रहेकाले उनी नै निर्वाचित हुने करिब निश्चित छ।

प्रकाशित मिति : ६ माघ २०७९, शुक्रबार  ७ : ५२ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’