सोवितालाई उपसभामुखको उम्मेदवार बनाउने तयारी « Khabarhub

सोवितालाई उपसभामुखको उम्मेदवार बनाउने तयारी


६ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले उपसभामुखको उम्मेदवार टुंगाउन संसदीय दलको बैठक बोलाएको छ। सत्ता साझेदार दलमा उपसभामुख भाग परेपछि रास्वपाले अहिले बिहान ९ बजे उम्मेदवार टुंग्याउन दलको बैठक बोलाएको हो।

यो पार्टीबाट सोविता गौतमलाई उपसभामुखको उम्मेदवारी बनाउने तयारी रहेको छ । गौतम काठमाडौं २ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन्। उनले पूर्वसभामुख तथा माओवादी केन्द्रकी ओनसरी घर्तीलाई पराजित गरेकी थिइन् । कानुनका विषयमा जानकार भएकाले पनि गौतमलाई नै उपसभामुख बनाउनपर्ने मत पार्टीभित्र बलियो छ । उनी पत्रकारिता पृष्ठभूमिबाट राजनीतिमा होमिएकी हुन्।

संसद सचिवालयले आज उम्मेदवारी दर्ताको समय तोकेको छ। भोलि प्रतिनिधिसभामा मत विभाजन हुनेछ। सत्ता गठबन्धनको बहुमत रहेकाले उनी नै निर्वाचित हुने करिब निश्चित छ।

प्रकाशित मिति : ६ माघ २०७९, शुक्रबार  ७ : ५२ बजे

करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा, सन्तमायाले जितिन् १० लाख रुपैयाँ

काठमाडौं– नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ