मलेसियामा ९ महिनादेखि एक नेपाली युवा बेपत्ता « Khabarhub

मलेसियामा ९ महिनादेखि एक नेपाली युवा बेपत्ता



दोहा – वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका एक नेपाली युवा बेपत्ता भएका छन्। विगत ९ महिनादेखि मलेसियामा बेपत्ता भएका सुनसरीको इटहरी उपमहानगरपालिका ११ का आशनारायण चौधरीलाई भेटाएमा खबर गर्न मलेसियास्थित नेपाली दूतावासले आग्रह गरेको छ।

दूतावासका अनुसार चौधरी २०७६ को जेठमा रोजगारीको लागि मलेसियाको साआलम सहरमा रहेको डीआई इलेक्ट्रिोनिक्स स्पेन्डिड एसडीएन बीएचडीमा कार्यरत रहेको र उनी गत वैशाख १२ गतेदेखि बेपत्ता भएको जनाएको छ।

रोजगारदाता, उनका साथीहरु तथा मलेसियन प्रहरीले समेत खोजी गर्दा उनी नभेटिएको दूतावासले जनाएको छ। उनको बारेमा केही जानकारी भए वा चौधरीलाई देखेमा कार्यालयको हटलाइन नम्बर ०१६-२४७२७७७ मा सम्पर्क गर्न दूतावासले आग्रह गरेको छ।

रोजगारीकै लागि लाखौँ नेपालीहरु मलेसिया जाने गर्दछन्। त्यहाँ पुगेका केहि नेपाली भने परिवारको सम्पर्कबाट टाढा हुने गरेको विभिन्न घटना क्रम र अध्ययनहरुले देखाएका छन्।

रोजगारीको क्रममा विभिन्न मुद्दामा जेल पर्नु, प्रेम सम्बन्ध, पारिवारिक मनमुटाब, मृत्यु, दुर्घटनामा पर्नु, घरेलु कामदारको हकमा रोजगारदाताले बन्दी बनाउनु, व्यक्तिगत चाहना लगायत कारणबाट त्यहाँ पुगेका नेपालीहरु परिवारको सम्पर्कमा नआएका बुझिएको छ।

पछिल्लो समय रोजगारीका लागि मलेसिया पुगेका धेरै नेपाली युवाहरु बेपत्ता हुने क्रम बढेको देखिन्छ।

प्रकाशित मिति : ६ माघ २०७९, शुक्रबार  ८ : ०६ बजे

कागेश्वरी मनोहराका वडाध्यक्ष थापाको निधन

काठमाडौं– कागेश्वरी मनोहरा नगरपालिका–७ का वडाध्यक्ष भीमसेन थापाको निधन भएको

कमैयाबाट उद्यमीसम्मको केशव डगौराको सङ्घर्षमय यात्रा

कञ्चनपुर– बीस वर्षअघि कमैया मुक्तिको घोषणा हुँदा शुक्लाफाँटा नगरपालिका–१० झलारीका

एनपीएल बलिङमा सर्वाधिक १२ विकेट लिने यी हुन् चार नेपाली खेलाडी

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)मा ३२ मध्ये २५ खेल

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं– हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल

भूजीखोलाका बाढीपीडित अझै राहतकै पर्खाइमा

ढोरपाटन– भूजीखोलाका तिरैतिर छरिएको बस्ती थियो । भर्खरभर्खर सडकले जोडिएको