फलफुल र तरकारीको मूल्य आज कति? « Khabarhub

फलफुल र तरकारीको मूल्य आज कति?


६ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि हरियो तरकारी र फलफूलको मूल्य निर्धारण गरेको छ।

समितिका अनुसार आज कालीमाटीमा साढे १५ रुपैयाँदेखि ५०० रुपैयाँसम्मको तरकारी र फलफूल पाइने भएको छ। सबैभन्दा सस्तो सानो लोकल गोलभेँडा न्यूनतम मूल्य प्रतिकेजी १५ रुपैयाँ र सबैभन्दा महँगो अकबरे हरियो खुर्सानी प्रतिकेजी ५०० रुपैयाँ रहेको छ।

अनार प्रतिकेजी ३०० रुपैयाँ, अमला ६० रुपैयाँ, अम्बा १०० रुपैयाँ, आभोकाडो ३०० रुपैयाँ, रातो आलु ३२ रुपैयाँ, भारतीय रातो आलु २६ रुपैयाँ, सेतो आलु २५ रुपैयाँ, उखु प्रतिवटा ८० रुपैयाँ, स्थानीय काउली ५०, र लोकल बन्दा २० रुपैयाँ, लोकल काँक्रो ७० रुपैयाँ, कागती १२० रुपैयाँ, किवी २५० रुपैयाँ, सुकेको खुर्सानी ४४० रुपैयाँ, लोकल गाजर ३० रुपैयाँ, गुन्द्रुक २५० रुपैयाँ र नेपाली ठूलो गोलभेँडा ५० रुपैयाँ रहेको छ।

यसैगरी, चमसुरको साग ११० रुपैयाँ, चुकुन्दर ७० रुपैयाँ, कन्य च्याउ १४० रुपैयाँ, डल्ले च्याउ ३०० रुपैयाँ, जिरीको साग ४० रुपैयाँ, तरुल ६० रुपैयाँ, छडी ताजा माछा २४० रुपैयाँ  र रहु माछा ३६० रुपैयाँ, तितो करेला १३० रुपैयाँ, तोरीको साग ४० रुपैयाँ, पालूगो साग ११० रुपैयाँ, पुदीना ३५० रुपैयाँ, बकुला ६० रुपैयाँ, तने बोडी ९० रुपैयाँ, ब्रोकाउली ६० रुपैयाँ, भिण्डी १२० रुपैयाँ, मटरकोसा ५० रुपैयाँ, मेथीको साग ११० रुपैयाँ र रायोको साग ५० रुपैयाँ रहेको छ।

यस्तै, हरियो लसुन १२० रुपैयाँ, लौका ६० रुपैयाँ, सखरखण्ड ७० रुपैयाँ, सलगम ५० रुपैयाँ, नेपाली सुन्तला १२० रुपैयाँ, सेलरी २०० रुपैयाँ, सौफको साग ११० रुपैयाँ, ज्यापु काउली ६० रुपैयाँ, फूजी स्याउ २५० रुपैयाँ र हरियो धनियाँ १०० रुपैयाँ रहेको छ।

प्रकाशित मिति : ६ माघ २०७९, शुक्रबार  ९ : ३७ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल