मृत्युपश्चात् अंग दान गर्ने प्रधानमन्त्री प्रचण्डको घोषणा « Khabarhub

मृत्युपश्चात् अंग दान गर्ने प्रधानमन्त्री प्रचण्डको घोषणा


६ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ -प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मृत्युपश्चात् शरीरका सम्पूर्ण अंग दान गर्ने घोषणा गरेका छन् ।

शुक्रबार बिहान प्रज्ञा भवन कमलादीमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले एक हजार वटा मिर्गौला प्रत्यारोपण सम्पन्न गरेको उपलक्ष्यमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त घोषणा गरेका हुन् ।

‘मेरो मृत्युपश्चात् सम्पूर्ण शरीर दान गर्ने घोषणा गर्दछु,’ उनले भने, ‘डायलासिस सेवा सर्वसाधारणको पहुँचमा थिएन। यो महँगो भएकाले पनि आर्थिक अवस्था कमजोर भएका मिर्गौला रोगीले सेवा लिन गाह्रो थियो । केन्द्रले विपन्न रोगीलाई सहयोग होस् भन्ने उद्देश्यले २०६९ चैत १६ गतेदेखि निःशुल्क डायलासिस सेवा पनि आरम्भ गर्‍यो। केन्द्रमा मिर्गौला मात्र नभएर कलेजो पनि प्रत्यारोपण हुने गरेको छ। यसलाई थप आधुनिक र प्रभावकारी बनाउने हाम्रो जिम्मेवारी छ।’

राष्ट्रिय प्रत्यारोपण केन्द्रले १० वर्षमा एक हजारभन्दा बढी मिर्गौला प्रत्यारोपण गरिसकेको छ । अहिले दैनिक केन्द्रमा चारदेखि आठ जनाको मिर्गौला प्रत्यारोपण हुने गरेको छ । यस्तै, दैनिक डेढ सयभन्दा बढी डायलिसिस हुने गरेको केन्द्रका कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : ६ माघ २०७९, शुक्रबार  १० : ४५ बजे

कांग्रेस केन्द्रीय सदस्यमा चिरीबाबुको अग्रता

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य (प्रत्यक्ष, खुला) तर्फको

कांग्रेस सहमहामन्त्री खस–आर्यतर्फ मनोजमणि आचार्यको अग्रता

काठमाडौं– नेपाली कांग्रेसको सहमहामन्त्री खस–आर्यतर्फको मतगणनामा मनोजमणि आचार्यले अग्रता लिएका

भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत

 काठमाडौँ –  सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट र

बुढीगण्डकी बाढीपीडितले तीन दिनपछि पाए २८ वटा टेन्ट (तस्बिरहरू)

काठमाडौँ– बुढीगण्डकी बाढीले प्रभावित गोरखाको आरुघाट शान्तिबजारका स्थानीयका लागि रेडक्रसले

भृकुटीमण्डपको बजारमा किनमेल गर्नेको भीडभाड (तस्बिरहरू)

काठमाडौं– दसैँ-तिहारको आगमनसँगै काठमाडौंको भृकुटीमण्डपस्थित खुल्ला  बजारमा किनमेल गर्नेहरूको चहलपहल