गाउँपालिकाद्वारा विकट गाउँमा स्वास्थ्य सेवा प्रदान | Khabarhub Khabarhub

गाउँपालिकाद्वारा विकट गाउँमा स्वास्थ्य सेवा प्रदान


६ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

रुकुमपूर्व- रुकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका-१ मैकोटकी सलिना घर्ती गाउँमा पहिलोपटक भिडियोमार्फत गर्भजाँच गराउन पाउँदा दङ्ग परे । भिडियो एक्सरे मेसिनसहित गाउँमै आएका चिकित्सक, स्वास्थ्यकर्मी र जनप्रतिनिधिले गर्भजाँच गर्दा घर्ती खुसी भए। 

पैतीस हप्ता छ दिन पुगेको गर्भ पहिलोपटक भिडियो एक्सरेमार्फत् जाँच गराएकी घर्तीलाई घरआँगनमै यसरी सेवा पाउँला भन्ने लागेको थिएन रे । घरदैलोमै सेवा दिने सरकारको कार्यक्रमले असाध्यै सजिलो बनाएको उनले बताए ।

पुथा उत्तरगङ्गा गाउँपालिका-२ की जोगनसरा विकले पनि आफ्नो पहिलो गर्भजाँच गाउँमै आएको चिकित्सकको टोलीसँग गराइन् । ‘भिडियो एक्सरे गरेर गर्भजाँच गर्न पाएँ’, विकले भनिन्, ‘कुन-कुन बेला के गर्ने के नगर्ने भनेर पनि सिक्न पाएँ ।’ नियमित गर्भ जाँच, खानेकुराको व्यवस्थालगायतका कुरा गाउँमा आएको स्वास्थ्य टोलीले सिकाएको उनले जनाइन्।

पुथा उत्तरगङ्गा गाउँपालिकाले सञ्चालन गरेको उपाध्यक्ष स्वास्थ्य कार्यक्रमअन्तर्गत ‘गर्भवतीसँग उपाध्यक्ष कार्यक्रम’ लिएर गाउँ-गाउँमा गर्भवती खोज्दै जनप्रतिनिधि, चिकित्सक र स्वास्थ्यकर्मी दुर्गम गाउँमा पुग्ने गरेका छन् । गाउँपालिका उपाध्यक्ष भूपेन्द्रा बुढा, डा मिलन मल्ल, स्वास्थ्य शाखा प्रमुख समिर गिरीसहितको टोली गर्भवती महिलाको जाँच गर्दै गाउँ-गाउँमा पुगेको हो ।

गाउँपालिका उपाध्यक्ष बुढाले आर्थिक वर्ष २०७९-८० को नीति तथा कार्यक्रममा गर्भवतीसँग उपाध्यक्ष कार्यक्रम समावेश गरेर बजेटसमेत विनियोजन गरेको बताए। दुर्गम गाउँमा नजिकमा स्वास्थ्य संस्था नहुने, गर्भजाँच झनै न्यून मात्रामा हुने कुरालाई मध्यनजर गर्दै यो कार्यक्रम सञ्चालन गरिएको उपाध्यक्ष बुढाले बताए। जनताको नजिकको सरकार हुनुको नाताले उनीहरूको स्वास्थ्यसँगै अन्य सवालमा साक्षात्कार गर्न पनि यस कार्यक्रमले टेवा पुर्‍याइरहेको उनको भनाइ छ ।

‘कतिपयलाई नियमित गर्भजाँचबारे थाहा नै छैन, भिडियो जाँच सेवा त झन् परको कुरा भयो’, उपाध्यक्ष बुढाले भने,’गर्भवती दिदी-बहिनी, आमाहरू खोजेर स्वास्थ्य जाँच गर्दै जाँदा कार्यक्रम एकदमै प्रभावकारी भइरहेको छ ।’ स्वास्थ्य सुविधा अभावमा गर्भजाँच गर्न नपाएर आमा र बच्चाको ज्यान जोखिममा नपरोस् भनेर यस्तो कार्यक्रम गरिएको हो । गाउँपालिकाले चालु आवमा गर्भवतीसँग उपाध्यक्ष कार्यक्रमका लागि १० लाख विनियोजन गरेको छ ।

गाउँसभाले पास गरेको सहिद स्मृति कार्यक्रमअन्तर्गतको उपाध्यक्षसँग स्वास्थ्य कार्यक्रमका लागि नीति, कार्यविधि र निर्देशिका बनाएर, कर्मचारी व्यवस्थापन गरेपछि करिब दुई महिना पहिला यो कार्यक्रम गाउँ-गाउँमा सञ्चालन भएको हो । गर्भवतीसँग उपाध्यक्ष कार्यक्रममार्फत् गाउँ पुग्नुभएका डा मल्लले अधिकांश गर्भवती महिलाले गर्भजाँच नै गराएर घरमै सुत्केरी हुने गरेको पाइएको बताए। करिब ४० प्रतिशत गर्भवतीले मात्र स्वास्थ्य संस्थामा सुत्केरी गराउने गरेको उनले उल्लेख गरे ।

डा मल्लले दुई महिनायता गाउँपालिकाको १४ वटै वडामा पुगेर एक सय २१ गर्भवतीको भिडियो एक्सरे, स्वास्थ्य जाँच र परामर्श सेवा दिएको जानकारी दिए । ‘केहीको अवस्था सामान्य नै छ’, डा मल्लले भने, ‘बच्चा उल्टो अवस्थामा रहेको, सालनाल तल झरेको पनि भेटिएकाले सुत्केरी हुने बेलामा सुविधासम्पन्न अस्पतालमा जान परामर्श दिएका छौँ ।’ गर्भावस्थामा पुर्‍याउनुपर्ने ध्यान, खानपान, हेरविचारलगायतका कुरा सिकाएर आवश्यकताअनुसार केही औषधि पनि गर्भवतीलाई दिइएको छ ।

यसै कार्यक्रमबाट एक सय ५० महिलाको निःशुल्क स्वास्थ्य बीमासमेत गरिएको डा मल्लले बताए । स्वास्थ्य संस्थामा आएर नियमित गर्भजाँच गरेमा मात्र निःशुल्क स्वास्थ्य बीमा गरिदिने व्यवस्था भएकाले स्वास्थ्य संस्थामा आउनेको सङ्ख्यामा वृद्धि हुने विश्वास उनले गरे ।

गर्भवतीसँग उपाध्यक्ष कार्यक्रमअन्तर्गत गाउँपालिकाले स्वास्थ्य संस्थामा छोरी जन्मेमा निःशुल्क बीमा गरिदिने व्यवस्था गरेको छ । गर्भजाँच गराएको वर्ष र स्वास्थ्य संस्थामा छोरी जन्मेको वर्षमा गाउँपालिकाले परिवारका पाँच जना सदस्यको निःशुल्क स्वास्थ्य बीमा गरिदिने व्यवस्था गरेको छ । यस कार्यले स्वास्थ्य संस्थामा सर्वसाधारणको पहुँच वृद्धि गर्ने देखिएको छ ।

यसका साथै यस कार्यक्रमले घरेलु हिंसा, लैङ्गिक हिंसा, यौन हिंसामा परेकाहरूका लागि चेलीसँग उपाध्यक्ष कार्यक्रम पनि सञ्चालन गरिरहेको छ । यसका लागि गाउँपालिका उपाध्यक्षसँग सिधा सम्पर्क हुने गरी हटलाइन नम्बर सेवा सञ्चालन भएको छ भने थप परामर्श तथा आर्थिक सहयोगका पनि गर्न सकिने जनाइएको छ ।

प्रकाशित मिति : ६ माघ २०७९, शुक्रबार  १२ : २६ बजे

मिटिङ बसिरहेका छौँ, देशलाई समृद्ध बनाउने एजेन्डा आउँछ : अनिल बानियाँ

काठमाडौं– जेन-जी पुस्ताको अहिले भर्चुअल बैठक बसिरहेको छ। भर्चुअलमार्फत बैठक

११ सय कैदीबन्दी भगाउन मोरङ कारागारमा हुलहुज्जत, प्रहरीले फायर खोल्यो

काठमाडौँ – ११ सयभन्दा बढी कैदीबन्दी रहेको मोरङ कारागारमा अराजक

कांग्रेसका केन्द्रीय सदस्य पोखरेलद्वारा सभापति देउवामाथिको कुटपिटप्रति खेद व्यक्त

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रा.डा. गोविन्दराज पोखरेलले नागरिक स्वतन्त्रताको

त्रिभुवन विमानस्थल अनिश्चितकाललाई बन्द

काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि बन्द गरिएको छ। त्रिभुवन

बागलुङमा पनि निषेधाज्ञा जारी

ढोरपाटन– जिल्ला प्रशासन कार्यालय बागलुङले आज बिहान ९ बजेदेखि अनिश्चितकालीन