निम्न आय भएका सबैमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याइने  | Khabarhub Khabarhub

निम्न आय भएका सबैमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याइने 


६ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले मुलुकका निम्न आय भएका सबै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचमा पुर्‍याइने बताएका छन् । 

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले एक हजार जनाको मिर्गौला प्रत्यारोपण सफलता साथ सम्पन्न गरेको अवसरमा आज यहाँ आयोजित ‘प्रत्यारोपितहरुको बृहत् भेला’ लाई सम्बोधन गर्दै उनले मुलुकका विपन्न नागरिकले अझै पनि गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न नसकिरहेको अहिलेको अवस्थालाई मध्यनजर गरी सरकारले सेवा दिने बताए । 

उनले अब कोही पनि नागरिक गरिबीका कारण उपचारबाट वञ्चित हुनु नपर्ने अवस्थाका लागि सरकारले प्रयास गर्ने बताए। मन्त्री गिरीले केन्द्रले उच्चस्तरीय सुलभ चिकित्सा सेवा प्रदान गर्नाका साथै विपन्न र असहायलाई मिर्गौला, कलेजो र मुटु रोगीलाई प्रत्यारोपणदेखि डाइलासिससम्मको सेवा उपलब्ध गराउँदै आएकामा प्रशंसा गरे ।

मन्त्री गिरीले मानव अंग प्रत्यारोपणका लागि शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले महत्वपूर्ण सेवा दिँदै आएको पनि उल्लेख गरे । कार्यक्रममा सांसद राजेन्द्र पाण्डेले प्रत्यारोपण केन्द्रलाई विस्तार गरेर सर्वसुलभ रुपमा अंग प्रत्यारोपण गर्न वातावरण बनाउनुपर्ने बताए ।

स्वास्थ्य सचिव डा रोशन पोखरेलले सात प्रदेशबाट मिर्गौला प्रत्यारोपण गर्ने सरकारको तयारी रहेको बताए। उनले १५–१५ दिनमा केन्द्रबाट नै प्रदेशमा जनशक्ति गएर मिर्गौला प्रत्यारोपण गरिने बताए। उनले एकजना मस्तिष्क मृत्युवरणले आठजनालाई अंगदान गर्न सकिने भन्दै अंगदान गर्न जनचेतना जगाउनुपर्ने समेत बताए।

केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले १० वर्षमा एक हजारमा गरिएको मिर्गौला प्रत्यारोपण सफलतापूर्वक गरिएको बताए। उनले वार्षिक तीन हजार जनाको मिर्गौला प्रत्यारोपण गर्नुपर्ने भए पनि केन्द्रको क्षमताले दुई सय जनालाई मात्र गर्न सकिने भन्दै क्षमता विस्तार गर्नुपर्ने बताए। उनले अहिले सय शय्यामा सञ्चालनमा रहेको केन्द्रलाई पाँच सय शय्याको क्षमता विस्तार गरी सेवालाई थप बढाउन आवश्यक रहेको बताए । 

केन्द्रको सहयोगमा अहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मिर्गौला प्रत्यारोपण सुरु भएको छ भने सुर्खेत, सेती प्रादेशिक अस्पताल धनगढी, हेटौँडा अस्पतालमा मिर्गौला प्रत्यारोपण सुरु गर्ने तयारी गरेको केन्द्रका कार्यकारी निर्देशक डा श्रेष्ठले जानकारी दिए ।

केन्द्रले २०६९ माघ ६ गतेखि मिर्गौला प्रत्यारोपण र २०६९ कात्तिकबाट मिर्गौलाको डाइलाइसिस सेवा सुरु गरेको हो । 

प्रकाशित मिति : ६ माघ २०७९, शुक्रबार  २ : ४९ बजे

रौतहटमा मेला उद्घाटन गर्ने विषयमा विवाद हुँदा झडप, पाँचजना घाइते

रौतहट – रौतहटको देवाहीगोनाही नगरपालिकामा मेला उद्घाटन गर्ने विषयलाई लिएर

विप्लव भन्छन् : युवामा निराशा बाँडेर पुँजीवादीले फाइदा उठाउँदैछन्

कर्णाली – नेपाल कम्युनिष्ट पाटीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले युवा

इलाममा दुईवटा बेलिब्रिज निर्माण, स्थानीयलाई राहत

इलाम –इलाममा एक वर्षमा दुईवटा बेलिब्रिज निर्माण गरिएका छन् ।

चन्द्रनहरमा डुबेर एक जनाको मृत्यु

सप्तरी – जिल्लाको कञ्चनरुप नगरपालिका–८ चाँदनी चोक नजिक चन्द्रनहरमा डुबेर

तनहुँ जलविद्युत् आयोजना समयमा सम्पन्न गर्न सहजीकरण गर्छौं : मुख्यमन्त्री पाण्डे

तनहुँ – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तनहुँ जलविद्युत् आयोजना