स्थानीय खाद्यान्नको उत्पादन घट्दा माग बढ्दै « Khabarhub

स्थानीय खाद्यान्नको उत्पादन घट्दा माग बढ्दै


६ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

मान्म– कालीकोटमा स्थानीय खाद्य बालीको माग उच्च हुँदा पनि उत्पादन भने घट्दै गएको छ । यहाँ आउने पर्यटकमा स्थानीय रातो मार्सीको चामल, चिनो, कागुनो, कोदोलगायत खाद्यान्नको माग उच्च रहे पनि उत्पादनमा भने जोड दिन नसक्दा घट्दै गएको हो । सिँचाइको असुविधा र कृषकको अभावका कारणले स्थानीय बालीको उत्पादन घट्दो अवस्थामा रहेको छ ।

यहाँ आउने पर्यटकको पहिलो रोजाइ स्थानीय बालीबाट उत्पादन भएका खानाका परिकार नै रहे पनि पछिल्लो समय उत्पादन घटदै गएकाले पर्यटकलाई स्थानीय खानाको माग पुर्‍याउन कठिन भएको मान्मस्थित होटेल हिलसाइटका सञ्चालक धर्मराज शाहीले बताए । ‘कर्णालीमा घुम्न आउने अधिंकाश मानिसको रोजाइमा यहाँको स्थानीय उत्पादन नै पर्छ ।’ उनले भने, ‘उत्पादनमा आएको ह्रासका कारण मागअनुसार धान्न सकिएको छैन ।’

रातो मार्सी धान, चिनो, कागुनो, कोदोलगायत स्थानीयस्तरमा उत्पादन हुने बाली कमैले उत्पादन गर्न थालेका छन् । स्थानीय बाली खस्रो, नमिठो हुने तर बाहिरबाट आउने खाद्यवस्तु स्वादिलो र मसिनो हुने भएकाले पनि स्थानीय बाली उत्पादन गर्न छाडेको खाँडाचक्र नगरपालिका–८ का कालीबहादुर मल्लले बताए । ‘यहाँका खाद्यान्न स्थानीयले नै रुचाउन छाडेँ ।’ उनले भने, ‘बाहिरबाट आउने खाद्यान्न स्वादिलो र मिठो हुने भएकाले बाली लगाउन नै छाडेका हुन् ।’ 

सडक सञ्जाल नभएका बेला र बाहिरबाट खाद्यान्न आयात नहुँदा  स्थानीयवासीले राम्रैसँग उत्पादन गर्ने  गरेकामा अहिले बाहिरबाट आयात हुन थालेपछि उत्पादनमा ह्रास आएको वडा नं ११  बरातुका अजबहादुर गिरीले बताए । ‘यहाँ बाहिरबाट खाद्यान्न आयात नहुँदा स्थानीय बालीको उत्पादन राम्रै हुन्थ्यो ।’ उनले भने, ‘अहिले सडक सञ्जालले छोएपछि स्थानीयवासीले बाहिरी खाद्य बाली नै मन पराउन थालेकाले उत्पादन पनि हुन छाड्यो ।’

स्थानीयस्तरमा रातो चामलको मूल्य एक सय ५० छ भने चिनोको मूल्य पनि एक सय ५० नै रहेको तिलागुफा नगरपालिका–१ फोइमहादेवका मायालाल महताराले बताए । ‘यहाँ उत्पादन हुने रातो चामलको मूल्य रु एक सय ५० पर्छ । चिनोको मूल्य पनि त्यती नै पर्छ ।’ उनले भने, ‘तर, यी खाद्य बाली पाउनै मुस्किल छ ।’

प्रकाशित मिति : ६ माघ २०७९, शुक्रबार  ३ : २८ बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग