एकथान निरिह गृहमन्त्री रवि लामिछाने होइन : रास्वपा नेता कार्की « Khabarhub

एकथान निरिह गृहमन्त्री रवि लामिछाने होइन : रास्वपा नेता कार्की


६ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- हत्या आरोपी सांसद्लाई पक्राउ गर्न नसक्नु गृहमन्त्री रवि लामिछानेको अक्षमता भएको राष्ट्रिय स्वतन्त्र पार्टीकै एक जना नेताले टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका नेता गणेश कार्कीले हत्या आरोपी सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न नसक्नु दण्डहीनताको प्रश्रय र ‘तत्कालका लागि गृहमन्त्रीको अक्षमता’ रहेको टिप्पणी गरेका हुन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘कोइरी थुनामा नहुनु दण्डहीनताको प्रश्रय हो र, हाम्रो पार्टीका सभापति तथा गृहमन्त्रीले कोइरीलाई थुनामा पठाउन नसक्नु तत्कालका लागि अक्षमता हो भन्नलाई धेरैबेर सोच्नसम्म पर्दैन ।’

अदालतले थुनामा राख्न आदेश दिएका व्यक्तिहरु थुनामा नै भेटिनु पर्ने उल्लेख गर्दै उनले यस्तो नहुनुको कारण आम नागरिकले थाहा पाउनु पर्ने जनाएका छन् । राजनीतिक रुपमा यस प्रक्रिया पूरा गर्न नसकेको भए सभापतिले यसबारे पनि जानकारी गराउनुपर्ने उनको भनाइ छ ।

उनले जनताले देख्न चाहेको रवि लामिछाने टिभीमा सिधा कुरा चलाउँदै गरेको रवि लामिछाने नै रहेको उल्लेख गर्दै रवि लामिछाने एकथान निरिह गृहमन्त्री नभएको टिप्पणी गरेका छन् ।

उनले लेखेका छन्, ‘हामीले देख्न चाहेको रवि लामिछाने टिभीमा सिधा कुरा चलाउँदै गरेको रवि लामिछाने नै हो । हामीले भेट्न खोजेको रवि लामिछाने आफ्ना कुरा नदबाइ आममानिसले बुझ्न सक्ने सिधा भाषामा मुखरित हुन सक्ने रवि लामिछाने नै हो । एकथान निरिह गृहमन्त्री रवि लामिछाने होइन ।’

प्रकाशित मिति : ६ माघ २०७९, शुक्रबार  ४ : ४० बजे

उधारो अचार खाएर पैसा नतिर्नेहरूको नाम सार्वजनिक गर्छु : शान्ता चौधरी

काठमाडौं– एमाले नेतृ शान्ता चौधरीले उधारो अचार खाएर पैसा नतिरेको

नवप्रवर्तन कार्यक्रमका लागि गण्डकीका आठ स्थानीय तह छनोट

गण्डकी– गण्डकी प्रदेशमा नवप्रवर्तन साझेदारी कार्यक्रमका लागि छ स्थानीय तह

राष्ट्रियसभा सांसद भन्छन्- दललाई दोषी देखाएर भ्रम छरियो

काठमाडौं– राष्ट्रियसभा सदस्यहरूले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन

नेप्से परिसूचक ४२ अङ्कले घट्यो

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको

चुनाव लक्षित गर्दै भारतले दियो सरकारलाई ६५० वटा गाडी

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका