धनकुटा महोत्सव आजबाट शुरु « Khabarhub

धनकुटा महोत्सव आजबाट शुरु


६ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

धनकुटा– पाँचौँ प्रादेशिक औद्योगिक ब्यापार तथा कृषि मेला एवम् धनकुटा महोत्सव आजबाट शुरु भएको छ । महोत्सवको भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री राजेन्द्रकुमार राईले आज यहाँ उद्घाटन गर्दै धनकुटाको गरिबी दर घटाउन आफ्नो महत्वपूर्ण भूमिका रहने बताए ।

गएको वर्षमा धनकुटाको गरिबी घटाउन र जनताका आयश्रोत बढाउन लागिपरेको उनको भनाइ थियो । जिल्लाको १९ प्रतिशत गरिबीलाई  विगतमा १३ प्रतिशतमा झारेको बताउँदै मन्त्री राईले अबको पाँच वर्षमा १० प्रतिशतमा झार्ने गरी काम गर्ने प्रतिबद्धता जनाए ।

त्यसको लागि विगतमा आफ्नो पहलमा शुरु भएका विभिन्न सडक पूर्वाधार, भौतिक संरचना र कृषि क्षेत्रका कामलाई निरन्तरता दिने उनले बताए ।

कार्यक्रममा संविधानसभा सदस्य धनमाया विक(उर्मिला), प्रदेशसभा ‘क’ का सदस्य निरन राई, ‘ख’का ईन्द्रमणि पराजुली, जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरन तामाङ्ग तथा धनकुटाका स्थानीय सात तहका प्रमुखले महोत्सव सफलताको शुभकामना दिएका थिए।

उद्योग वाणिज्य सङ्घ धनकुटाको  आयोजनामा १० दिनसम्म सो महोत्सव चल्नेछ । उत्पादन, ब्यापार तथा विभिन्न क्षेत्रका एक सय ८० स्टल रहेको महोत्सवबाट पाँच करोड बराबरको कारोबार हुने लक्ष्य राखिएको छ । 

प्रकाशित मिति : ६ माघ २०७९, शुक्रबार  ६ : १८ बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग