पर्यटनमन्त्रीद्वारा थप हवाई रुट उपलब्ध गराउन भारतलाई अनुरोध « Khabarhub

पर्यटनमन्त्रीद्वारा थप हवाई रुट उपलब्ध गराउन भारतलाई अनुरोध


६ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाललाई थप हवाई प्रवेश (रूट) मार्ग उपलब्ध गराउन भारतसँग अनुरोध गरेका छन् । सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा आज नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले गरेको भेटवार्ताका क्रममा मन्त्री किराँतीले सिमरामा रहेको नेपालको एक मात्र हवाई मार्गको अधिक चाप बढेको भन्दै थप हवाई प्रवेश मार्गका लागि अनुरोध गरेको उनको निजी सचिवालयले जनाएको छ ।

जवाफमा राजदूत श्रीवास्तवले नेपाली जनता र नेपालको हितमा भारत सधैँ सकारात्मक रहेको प्रतिक्रिय दिए। नेपालमा अहिले अन्तर्राष्ट्रिय उडानका विमान सिमरा बिन्दुबाट मात्र नेपाल प्रवेश गर्न पाउँछन् । नेपालले लामो समयदेखि भैरहवा, नेपालगञ्ज र महेन्द्रनगरबाट विमान प्रवेश गर्न सक्ने गरी रुट माग गर्दै आएको छ ।

प्रकाशित मिति : ६ माघ २०७९, शुक्रबार  १० : ०५ बजे

नौ मन्त्रालयका विनियोजन शीर्षकमाथिको छलफल पूरा

काठमाडौं– प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न नौ वटा मन्त्रालयको

चीन-म्यान्मा सम्बन्धमा नयाँ कूटनीतिक पहल

एजेन्सी– व्यापार तथा रणनीतिक सम्बन्धलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित म्यान्माका राष्ट्रपति

कार्यदलको सुझावअनुसार पार्टी पुनर्गठन हुन्छ : महासचिव पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले पार्टी

रास्वपा महाधिवेशन : सात हजार बढी कुर्सी अट्ने बाँसको ‘डोम’ बनाइँदै

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन तयारीका