टिग्रेमा यौन अपराधको शृङ्खला | Khabarhub Khabarhub

टिग्रेमा यौन अपराधको शृङ्खला


८ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

इथियोपिया लामो समयदेखि जारी युद्धको अन्त्य भएको छ। नोभेम्बर महिनामा उत्तरी टिग्रे क्षेत्रमा युद्ध गरी रहेको सशस्त्र समूहसँग सरकारले युद्ध बिराम गरेको हो। धेरैको अपेक्षा युद्धले शान्ति कायम गर्न सक्छ भन्ने हो। अन्तर्राष्ट्रिय निकायले प्राप्त गरेको सूचना अनुसार त्यहाँ हिंसाका घटना अझै जारी छन्। महिला माथिको यौन दुर्व्यवहार अझै कायम छ। आङ नै सिरिङ्ग हुने दुःखद् घटना अहिले भइरहेका छन्।

जुन समय इथियोपिया सरकार र विद्रोही नेता वार्ताको टेबलमा मन्द मुस्कानसहित हात मिलाइ रहेका थिए। त्यसै रात एक किशोरी लिटे लगातारको मोर्टार आक्रमण र बारुदको मारबाट बच्नका लागि पुल मुनी रात कटाएकी थिइन्।

उत्तर पूर्वी टिग्रे सहरमा त्यो घटना हुँदा उनी एक्लो थिइन्। आफूलाई बलात्कृत हुनबाट बचाउन रात भरी त्यही लुकेर बस्नु परेको थियो। जब सबै सैनिक गए त्यसपछि मात्र उनी त्यहाँबाट निस्किएकी थिइन्। यस क्रममा उनी लामो समय बेहोस झैँ भएर बसेकी थिइन्। सामाजिक कलंक र बदनामीबाट बचाउनका लागि अन्तर्राष्ट्रिय निकायले बलात्कारको पीडाबाट बचेका तथा बलात्कृत हुनबाट बचेकाको नाम गोप्य राख्ने गरेको छ। यस कारण लिटे पनि एउटा काल्पनिक नाम हो।

अन्तर्राष्ट्रिय निकायले प्राप्त गरेको सूचना अनुसार त्यहाँ हिंसाका घटना अझै जारी छन्। महिला माथिको यौन दुर्व्यवहार अझै कायम छ। आङ नै सिरिङ्ग हुने दुःखद् घटना अहिले भइरहेका छन्।

इथियोपिया दुई वर्ष चलेको गृह युद्धको समय त्यहाँको सेनाले उत्तर पूर्व क्षेत्रका टिग्रे महिलामाथि लागातारको बलात्कारको घटनालाई संयुक्त राष्ट्र संघले सुचीकृत गरेको छ। घटनामा सेना र तिनका अन्य सहयोगी पनि सरिक भएको पाइएको छ।

दोहोरो मारमा परेका त्यस क्षेत्रका महिला विद्रोही सेनाबाट सुरक्षित भने पक्कै होइनन्। परन्तु राज्यको सेनाबाट भन्दा विपक्षी सेनाबाट उनीहरू कम प्रताडित छन्। अमराह प्रान्तमा कब्जा जमाउन सफल टिग्रेका विपक्षीबाट यस्ता छिटफुट घटना भएका छन्। तीनै सेनाले पछिल्लो समय राजधानी कब्जाको प्रयास गरेका थिए। त्यस क्रममा आफ्नो शक्ति विस्तार गरेको सेनाले आफू रहेको स्थानमा सो काम गरेका हुन्।

सन् २०२० को नोभेम्बरदेखि उत्तरी टिग्रेमाथि दाबी गर्दै युद्ध भइरहेको थियो। त्यस युद्धमा मर्नेको सङ्ख्या अझै यकिन भएको छैन। कसैले पनि वास्तविक तथ्यांक निकाल्न सकेको छैन। गत नोभेम्बर महिनामा शान्ति सम्झौता भएपछि सबै जना नागरिकमाथि भएको ज्यादती रोकिनेमा विश्वस्त थिए। त्यहाँ कार्यरत महिला, बालबालिका तथा महिला स्वास्थ्य सेवीले यस्तो आशा गरे पनि त्यो व्यवहारमा कार्यान्वयन भएन।

त्यो क्षेत्रमा सञ्चार माध्यमलाई प्रवेश दिइएको छैन। लिटेले फोनमार्फत् नै त्यस कुराको जानकारी दिएकी थिइन्। उनीमाथि पहिले पनि यस्तो घटना भएको थियो। यो घटना आफूमाथि किन भएको भन्ने कुराले उनी सारो चिन्तित छन्। सन् २०२१ को जनवरी भन्दा अघि नै उनी दुई इरीट्रयन सेनाबाट बलात्कृत भइसकेकी छिन्। उनीहरूसँगै रहेका तेस्रो सेनाले भने यस कुरालाई अस्वीकार गरेका थिए।

नोभेम्बर महिनामा शान्ति सम्झौता भएपछि सबै जना नागरिकमाथि भएको ज्यादती रोकिनेमा विश्वस्त थिए। त्यहाँ कार्यरत महिला, बालबालिका तथा महिला स्वास्थ्य सेवीले यस्तो आशा गरे पनि त्यो व्यवहारमा कार्यान्वयन भएन।

“त्यहाँ भएका मध्य दुई जनाले जे चाहेको गरे। त्यसपछि तेस्रो व्यक्तिले भने यस कुरालाई अस्वीकार गरे। ती व्यक्तिले भनेका थिएँ मैले उनलाई के गरूँ जब तिनी आफै भुईँमा लम्पसार परिसकेकी छिन्” त्यस समयको दुःखद घटनाको स्मरण गर्दै उनले भनेकी छन्। पहिलो पटक बलात्कृत भएपछि लिटले शारिरिक र मनोवैज्ञानिक सहयोगका लागि महिला समूहसँग सम्पर्क गरेकी थिइन।

यस भन्दा अघि उनले पनि बलात्कृत भएकी एक युवतीलाई सहयोग गरेकी थिइन्।इथियोपियाको घटनाले बारम्बार बताउँदै आएको छकी त्यहाँ बलात्कार सामान्य भइसकेको थियो। एउटा पीडितले अर्को पीडितलाई आत्मबल प्रदान गर्ने तथा बाच्नका लागि सहारा दिने त्यहाँको दुई वर्ष अगाडिदेखिको नियति नै थियो। युद्धको समयमा कत्ति जना माथि यौन हर्कत भयो ? भन्ने कुराको लेखाजोखा नै छैन। पीडित आफैले यो कुरा बोल्न पनि चाहेका थिएनन्। आम सञ्चारकर्मी त्यहाँ पुग्ने अवस्था पनि थिएन। युद्धकालीन समयमा टेलिफोन सेवा पनि त्यहाँ थिएन। टेलिफोनको लाइन काटिएका थिए।

२०२२ को डिसेम्बरमा युद्ध भइसकेपछि टिग्रे स्वास्थ्य ब्यूरोले सहयोगका लागि आइपुगेका यौन यातना पीडितको सङ्ख्या आठ सय ५२ रहेको जनाएको थियो। टिग्रेमा रहेका अधिकारवादी समूह र दाता समूहमा यस्ता केस थपिँदै छन्। यसले पनि यो सङ्ख्या अझ धेरै हुनसक्ने सम्भावनालाई बढाएको छ। टिग्रेमा कार्यरत मानव अधिकारवादी संस्था सहयोगी संस्थाले अहिले पनि त्यहाँ यौन हिंसाका घटना जम्मा गरिरहेका छन्। हरेक दिन यस्ता पीडितको सङ्ख्या थपिँदो छ। उत्तर पूर्वी सहर टिग्रेकै जलामबेसाबाट आइपुगेकी आइदीयामाले इरिट्रियन सेनाबाट आफू महिनाको अन्त्यमा यौन हिंसाको परेको बताइन्।

युद्धको समयमा कत्ति जना माथि यौन हर्कत भयो ? भन्ने कुराको लेखाजोखा नै छैन। पीडित आफैले यो कुरा बोल्न पनि चाहेका थिएनन्।

उनले बताए अनुसार चार जना आएका थिए। त्यसमध्ये एक जनाले बलात्कार गरे। उनीहरूले मार्ने योजनासमेत बनाएको भए पनि बलात्कारपछि त्यत्तिकै छाडेर गएका थिए। टिग्रेको सबैभन्दा ठूलो अस्पताल राजधानी मेकालेमै छ। त्यही सिस्टर मुलु मेस्फिनले युद्ध सुरु भएदेखि नै यौन हिंसामा यातना सहेकालाई सहयोग गरिरहेकी छन्।

उनले आफूले चलाएको उद्धार केन्द्रमा थुप्रै पीडित रहेको बताएकी छन्। टिग्रेमा विभिन्न स्थानबाट उनीहरू पुगेका छन्। गत एक या दुई महिनामा त्यहाँ धेरै जना पुगेका छन्। उनको भनाइले पनि के पुष्टि गरेको छ भने युद्ध विराम भइसकेपछि नै यौन हिंसाका घटना धेरै भएका छन्।

मुलुकै अनुसार उनीकहाँ आइपुग्ने अधिक पीडित इरिट्रियन सेनाबाट बलात्कृत हुने छन्। अमराम प्रान्तका लडाकु र सङ्घीय सरकारका सेना पनि यौन हिंसामा सरिक छन्। टिग्रेको सीमा क्षेत्रमा रहेको इरिट्रियाको सत्तारुढ टिग्रेस पिपुल्स लिबरेसन फ्रन्ट (टीपीएलफ)सँग लामो समय देखिको शत्रुता छ। गृह युद्धको समयमा टीपीएलएफले सत्तालाई साथ दिएको कारण पनि इरिट्रियाको सम्बन्ध खराब भएको हो।

एकान्त मन पराउने इरिट्रियाका राष्ट्रपति इसावेइ अवेफर्कीले गत साता केन्याको भ्रमण गरेका थिए। प्रेस स्वतन्त्रता नभएको स्थानबाट त्यहाँ पुगेका इसावेइ पत्रकारले सोधेको प्रश्नका कारण पनि धेरै नै रिसाएका थिए। देशमा तानासाह शासन रहेको कुरालाई उनले पूर्ण रूपमा अस्वीकार गरे।

उनले गलत सूचनाको कारखाना नै तयार भएको र आफ्नो बारेमा अफवाह फैलाइएको दाबी गरेका थिए। उनले त्यहाँ मानव अधिकारको उल्लङ्घन भएको गलत हल्ला चलाइएको आरोप लगाएका थिए।

ह्यमनराइट वाचका अफ्रिका निर्देशक लेटीटा बाडरले यौन हिंसा सबै सम्झौताको विरुद्धमा भएको प्रतिक्रिया दिएका छन्। त्यहाँ भएका हिंसाको विषयमा आफ्नो संस्थाले बारम्बार आवाज उठाइ रहेको उनले बताएका छन्।

नोभेम्बरको सहमतिपछि टिग्रे क्षेत्रमा केही सकारात्मक कुरा पनि भएका छन्। त्यहाँ सक्रिय रूपमा कुनै युद्ध छैन। धेरै क्षेत्रमा खाद्यान्न र अन्य सहयोग पुगिरहेको छ। बैंकिङ र सञ्चार सेवा खुला भएका छन्। कतिपय परिवारको वर्ष दिनपछि सम्बन्ध विस्तार भएको छ। लामो समय बोलचाल गर्न नपाएका बोलचाल गर्न पाएका छन्। त्यस सम्झौतामा सबै सरोकार वाला यौन र लैङ्गिक हिंसाका विषय पनि उल्लेख भएका छन्। त्यो भने लागु भएको छैन। ह्यमनराइट वाचका अफ्रिका निर्देशक लेटीटा बाडरले यौन हिंसा सबै सम्झौताको विरुद्धमा भएको प्रतिक्रिया दिएका छन्। त्यहाँ भएका हिंसाको विषयमा आफ्नो संस्थाले बारम्बार आवाज उठाइ रहेको उनले बताएका छन्। त्यस संस्थाले सबै सरोकारवालासँग सल्लाह गरेर निष्कर्ष निकाल्ने जनाएको छ। त्यस युद्धमा अन्य पनि धेरै त्यस्ता पीडित छन्। जसको कुरा सुनेपछि आँखा पक्कै रसाउँछन्।
स्रोत : बीबीसी, ह्युमनराइटबाट

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार  ८ : ०१ बजे

बंगलादेशमा धार्मिक र साम्प्रदायिक अल्पसङ्ख्यकमाथि आक्रमण जारी

काठमाडौं – गत अगस्टको पहिलो साता सत्ता परिवर्तन भएसँगै बंगलादेशमा

बीमा बापतको रकम प्राप्त नहुँदा अस्पतालको सेवा बन्द

भक्तपुर । मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरअस्पतालमा बीमा

लेबनानमा हिजबुल्लाहका गढहरूमा इजरायली आक्रमणमा १८२ जनाको मृत्यु

बेरुत – लेबनानमा हिजबुल्लाहका गढहरूमा सोमबार गरिएको इजरायली हवाई आक्रमणमा

मेलम्ची भ्रष्टाचार प्रकरण : ४ जनालाई ८ वर्ष कैद र करोडौं जरिवाना

काठमाडौं – विशेष अदालतले मेलम्ची खानेपानी आयोजनामा भएको भ्रष्टाचारको मुद्दामा

एअर इण्डियाले अस्ट्रेलियाको ब्रिसबेनमा हवाइ सेवा विस्तार गर्ने

काठमाडौं – भारतीय ध्वजावाहक हवाइ सेवा कम्पनी एअर इण्डियाका प्रमुख