कर्णाली अस्पतालमा ४ हजार बढीकाे मेजर अपरेसन « Khabarhub

कर्णाली अस्पतालमा ४ हजार बढीकाे मेजर अपरेसन


८ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले ४ हजार भन्दा बढी मेजर अपरेसन गर्न सफल भएको छ ।

प्रतिष्ठानका मेडिकल रेकर्डर मेघराज बुढाका अनुसार चालु आर्थिक वर्षको पुससम्म ७ हजार १ सय १९ गर्भवती महिलाले प्रसुति सेवा लिएका छन् ।

सो अस्पतालबाट ३ लाख ८० हजार ६ सय ५३ जनाले बहिरंग सेवा लिएका छन् भने ३२ हजार ७ सय ४० जनाले अन्तरंग सेवामा भर्ना भएर उपचार गराएका छन् ।

४८ हजार ३ सय बिरामीलाइ आकस्मिक सेवा दिएको कर्णाली अस्पतालमा ४ हजार ३ सय ८५ वटा मेजर अपरेसन सफल भएपछि वरपरका जिल्लाबाट बिरामी उपचारका लागि आउने क्रम बढेको छ ।

सुरुका वर्षहरूमा जुम्लाका मात्र सेवाग्राहीले सेवा लिने गरेकामा विस्तारै मुगु, कालिकोट, बाजुरालगायत जिल्लाका हिमाली भेगवाट पनि बिरामी आएर उपचार गर्ने क्रम बढ्दै गएको बुढाले जानकारी दिए ।

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार  ९ : ५८ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना