२० लाख भन्दा मुनिको ऋण मिनाहा हुनुपर्छः दुर्गा प्रसाईं « Khabarhub

२० लाख भन्दा मुनिको ऋण मिनाहा हुनुपर्छः दुर्गा प्रसाईं


८ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

भैरहवा – व्यवसायी दुर्गा प्रसाईंले २० लाख भन्दा मुनिको ऋण मिनाहा हुनुपर्ने लगायतका विभिन्न माग गर्दै भैरहवामा सभा गरेका छन्।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानको संयोजकत्व गरेका प्रसाईंले भैरहवामा सम्बोधन गर्दे एक करोड युवा देशबाहिर रहेको देशको पैसा जति ५५ व्यापारी र १० जना नेताले बाहिर लगेको आरोप लगाए।

देशमा भएका युवामध्ये पनि लघुवित्त र सहकारीले खेदेको र त्यसबाट पनि बचेका युवा माानसिक तनावका कारण पूर्व हिड्नुको साटो पश्चिम हिडिरहेका अवस्था रहेको उनको भनाइ छ ।

राष्ट्र र राष्ट्रियताको संरक्षण र सबलीकरण गर्ने, सनातन धर्मको संरक्षण र सम्बर्द्धन गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने र सुशासन कायम राख्ने, आर्थिक विकृति, विसंगतिविरुद्ध सशक्त ढंगले आवाज उठाउँदै सो अभियान जारी राख्ने उनले जानकारी दिए।

उनले देशका व्यवसायी आर्थिक संकटमा परेका बेला उनीहरुलाई उद्योग व्यवसाय सञ्चालन गर्ने वातावरण नरहेको भन्दै व्यवसायीमैत्री वातावरण बनाउन माग गरेका छन्।

आम नागरिकलाई गणतन्त्र नलागेको तर व्यापारी र नेताहरुलाई गणतन्त्र लागेको भन्दै प्रसाईंले दलाल, माफिया सामान्तीले देश सक्ने लागेको आरोप लगाएका छन्। उनले देशका जनताको हितमा लागेर अभियान गर्दा कारवाही भोग्नु परेको बताउँदै कुनै पार्टीको झोले र गुलाम भएर नहिड्नेसमेत बताए।

‘हाम्रो अभियानको उद्देश्य नै संघीयता खारेज, हिन्दु राज्य, २० लाख भन्दा मुनिको ऋण मिनाहा, २० लाख भन्दा माथीको ऋणमा ४ देखि ६ प्रतिशत ब्याजदर, लघुवित्त र सहकारी बन्द लगायतको माग रहेको छ’, उनले भने।

संसारमै नभएको कर नेपालमा रहेको उल्लेख गर्दै उनले उद्योग वाणिज्य संघ पनि पीडितको पक्षमा नआएको आरोप लगाए।

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार  १० : ४७ बजे

बहुविवाह मुद्दाका दुईजना फरार प्रतिवादी पक्राउ

स्याङ्जा– बहुविवाह मुद्दाका दुई जना फरार प्रतिवादीहरूलाई मंगलबार प्रहरीले पक्राउ गरेको

१२ महिनामा विपद्का ७ हजार बढी घटना, १ सय ४० को मृत्यु, ३६ जना बेपत्ता 

काठमडौं– वैशाख गतेदेखि चैत २४ गतेसम्म देशभर भएका विभिन्न विपद्का

पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल

महेन्द्रनगर– शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले

अख्तियारको सार्वजनिक कार्यक्रममै फोटो-भिडिओ खिच्न नदिएपछि…

दमौली- नेपाल पत्रकार महासंघ तनहुँ शाखाले पत्रकाहरूलाई फोटो-भिडियो खिच्न रोक

नवनिर्वाचित राष्ट्रियसभा उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण

काठमाडौं– नवनिर्वाचित राष्ट्रियसभा उपाध्यक्ष लीला भण्डारीले पदभार ग्रहण गरेकी छिन् ।