साकेलामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु « Khabarhub

साकेलामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु


८ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– साकेला गाउँपालिकामा पालिकास्तरीय पाँचौँ अन्तरमाध्यमिक विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । त्रिहत्तरौँ प्रजातन्त्र दिवसका अवसरमा आयोजना गरिएको उक्त प्रतियोगिता वडा नं ४ मात्तिमस्थित नौलाखर्क खेलमैदानमा सुरु भएको हो । 

गाउँपालिकाका अध्यक्ष रविप्रकाश राईले प्रतियोगिता  शुभारम्भ गर्दै  आफ्नो क्षेत्रभित्र विकासका आयोजनालाई समयभित्रै सक्न र गुणस्तरीय बनाउन पटक-पटक खबरदारी गरिरहेको बताए । ‘खेलकुद क्षेत्रलाई व्यावसायिकरूपमा अघि बढाउन गाउँपालिकाले यस  प्रतियोगितालगायत विभिन्न कार्यक्रम गर्दै आएको छ’, उनले भने, ‘छनोट भएका खेलाडीलाई जिल्लास्तरमा हुने खेलमा सहभागी हुन पठाइने छ ।’

प्रतियोगितामा विभिन्न छवटा विधाका ५४ पदकका लागि विद्यार्थीले प्रतिस्पर्धा गर्ने भएका छन् । प्रतियोगितामा भलिबल, हाईजम्प,  लङजम्प, सटफुट, रिले दौड १०० मिटर, २०० मिटर, ४०० मिटर र ८०० मिटरलगायत  प्रतियोगितामा  छात्रछात्रा छात्र तथा छात्राको सहभागिता भएको जनाइएको थियो । 

प्रतियोगितामा १८ वटा इभेन्टमा स्वर्ण, रजत र कास्य पदकका लागि प्रतिस्पर्धा हुने र सबै विद्यामा विजेता विद्यालयलाई रनिङ शिल्ड दिइने भएको छ । प्रतियोगिता सञ्चालन गर्न संघीय खेलकुद मन्त्रालयले रु एक लाख उपलब्ध गराएकामा नपुग रकम  गाउँपालिकाले उपलब्ध गराएको थियो। गाउँपालिकाले प्रतियोगितास्थल आउन-जान तथा अन्य व्यवस्थापन खर्चका लागि दूरीका हिसाबले प्रत्येक विद्यालयलाई रु ३० हजारसम्म  उपलब्ध गराएको थियो  ।

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार  २ : १५ बजे

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका