बिदाका दिन पनि जिल्ला प्रशासन कार्यलयबाट सेवा प्रवाह « Khabarhub

बिदाका दिन पनि जिल्ला प्रशासन कार्यलयबाट सेवा प्रवाह


८ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

धुलिखेल– शनिबार  तथा आइतबार प्रजातन्त्र दिवसको सार्वजनिक बिदा दिन पनि काभ्रेपलाञ्चोक जिल्ला प्रशासन कार्यलयले सेवा प्रवाह गरेको छ । झन्झटिलो र अत्यासलाग्दो सेवा प्रणालीका कारण असहज महसुस गरिरहेका सेवाग्राहीलाई बिदाको दिनसमेत सेवा प्रवाहको  योजना बनाइएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए । लगातार दुई दिन परेको सार्वजनिक बिदामा  पनि यथाशक्य  सेवा  दिने  निर्णयसहित सेवाग्राहीलाई गत शुक्रबार नै शनिबार र आइतबारका लागि टाइम टोकन वितरण गरिएको थियो । 

आपूmले पाएको टाइमटोकन अनुसार तोकिएको समयअनुसार सेवाग्राही बिदाको दिन पनि सेवा लिन आएका थिए । बिदाको दिन पनि सहज तरिकाले सेवा लिन पाउँदा खुसी  हुनाका साथै  कार्यालयप्रति आभारी भएको सेवाग्राही शिवहरि खतिवडाले बताए ।

 सेवाको माग धेरै र उपलब्धता थोरै भएकाले नागरिक मैत्री सेवा प्रवाह गर्न  बैंक काउन्टरसमेत बिदाको दिनमा सञ्चालन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोख्रेलले बताए । कार्यालयले टाइमकार्ड लागू गरेसँगै राहदानीका लागि फारमसमेत कार्यलयका कर्मचारीले नै  भरिदिने गर्दै आएका छन् । 

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार  २ : ५९ बजे

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका