वालिङमा ट्रयाक्टर दुर्घटना हुँदा दुईको मृत्यु | Khabarhub Khabarhub

वालिङमा ट्रयाक्टर दुर्घटना हुँदा दुईको मृत्यु


८ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

वालिङ– गएराति स्याङ्जाको वालिङमा ट्रयाक्टर दुर्घटनामा घाइते भएका दुबै जनाको उपचारका क्रममा मृत्यु भएको छ । वालिङ ६ आपडालीस्थित भित्री सडकमा जगतभञ्ज्याङबाट वालिङतर्फ आउँदै गरेको ग १ त ६८८६ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा चालक र सहचालक दुवैको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता रविन्द्र खनालले बताए।

ट्रयाक्टर चालक स्याङ्जाको चापाकोट नगरपालिका २ धुर्कोट बस्ने ३२ वर्षीय नवीन सुनार र वालिङ नगरपालिका ८ मिर्दी बस्ने १४ वर्षीय सहचालक सोविन विकको उपचारका क्रममा मृत्यु भएको हो । चालक सुनारको टाउको र ढाडमा चोट लागेको थियो । उनको वालिङस्थित गह्रौं प्राथमिक अस्पतालमा उपचारका क्रममा गएराति मृत्यु भएको हो । 

टाउको र दायाँ खुट्टामा चोट लागेका सहचालक विकको थप उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा लगिएको थियो । उनको उपचारका क्रममा गएराति नै अस्पतालमै मृत्यु भएको हो । आइतबार राति ८ बजेतिर ट्रयाक्टर सडकबाट अन्दाजी १५ मिटर तल खसेको थियो ।

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार  ३ : २४ बजे

बेलायतमा प्रतिबन्धित प्यालेस्टाइन समर्थक समूहका २०० जना पक्राउ

लण्डन – सरकारले गत महिना आतङ्कवाद विरोधी कानून अन्तर्गत प्यालेस्टाइनलाई

कैलाली कारागार झडपका गम्भीर घाइतेलाई काठमाडाैं पठाइयो

धनगढी – कैलाली कारागारमा शुक्रबार राति भएको झडपका क्रममा गम्भीर

बागमती प्रदेशमा आइतबार सार्वजनिक बिदा

काठमाडौं – बागमती प्रदेश सरकारले आगामी साउन २५ गते गाईजात्रा

भोजपुरको टक्सारमा लाखेजात्रा

भोजपुर – भोजपुरको टक्सारमा लाखेजात्रा विधिवत् सुरु भएको छ ।

जालन्धर भुसाल बने कैलाली कारागारको नयाँ जेलर

धनगढी – शनिबार राति भएको झडपपछि कैलाली कारागारको नेतृत्वमा परिवर्तन