‘शैक्षिक जनशक्ति राष्ट्रनिर्माणको स्रोत’  « Khabarhub

‘शैक्षिक जनशक्ति राष्ट्रनिर्माणको स्रोत’ 


८ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

गण्डकी– पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालले विश्वविद्यालयले उत्पादन गरेका जनशक्ति राष्ट्रनिर्माणका लागि महत्पूर्ण स्रोत भएको बताएका छन् । सोमबार आयोजित पोखरा विश्वविद्यालयको अठारौँ दीक्षान्त समारोहमा उनले विश्वविद्यालयले देशको सर्वाङ्गीण विकासका लागि चाहिने ज्ञान र सीपयुक्त जनशक्ति तयार गरिरहेको उल्लेख गरे।

‘शिक्षाले सभ्य समाजको निर्माण गरी देशलाई विकास र प्रगतितर्फ उन्मुख गराउँछ, शिक्षित दक्ष जनशक्तिको अभावमा देशले लक्षित प्रगति हासिल गर्न सक्दैन’, उपकुलपति प्रा.डा. अर्यालले भने।

उनले विश्वविद्यालयबाट विभिन्न तहमा उपाधि प्राप्त गरी दीक्षित भएका विद्यार्थीलाई राष्ट्रनिर्माण र परिवर्तनको सम्वाहकका रुपमा काम गर्न आग्रह गरे । ‘आर्जित ज्ञान, सीपलाई देश विकास र आफ्नो सफल भविष्य निर्माणका लागि सदुपयोग गर्नुहुनेछ भन्ने विश्वास लिएका छौँ’, उनले भने ।

पोखरा विश्वविद्यालयले हालै शिक्षण अस्पताल सञ्चालनमा ल्याएको उल्लेख गर्दै उपकुलपति अर्यालले गुणस्तरीय स्वास्थ्य सेवा, शिक्षा र वैज्ञानिक स्वास्थ्य अनुसन्धान केन्द्रका रुपमा अस्पताललाई विकसित गरिने बताए ।

आर्थिक एवं सामाजिकरुपले पछाडि पारिएका वर्ग र क्षेत्रका विद्यार्थीको उच्च शिक्षामा पहुँच पुर्‍याउन विश्वविद्यालयले बर्सेनि ठूलो सङ्ख्यामा छात्रवृत्ति प्रदान गर्दै आएको उनको भनाइ थियो । विश्वविद्यालयका ६६ वटा महाविद्यालयमा प्राविधिक एवं साधारण विषयमा स्नातक, स्नातकोत्तर, एमफिल र विद्यावारिधि तहमा पठनपाठन हुँदै आएको उपकुलपति प्रा. डा. अर्यालले बताए ।

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार  ५ : ४७ बजे

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या