औद्योगिक क्षेत्रको विकासबिना समृद्धि हासिल गर्न सकिँदैन : मन्त्री भण्डारी « Khabarhub

औद्योगिक क्षेत्रको विकासबिना समृद्धि हासिल गर्न सकिँदैन : मन्त्री भण्डारी


८ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालमा औद्योगिक विकासबिना समृद्धि हासिल गर्न नसकिने बताएका छन् ।

सोमबार कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्रको सम्पर्क कार्यालयको उद्घाटन कार्यक्रममा उनले औद्योगिक विकासबिना समृद्धि सम्भव नभएको उल्लेख गर्दै सरकारको प्राथमिकतामा औद्योगिक विकास रहेको बताए ।

“सरकारले सुदूरपश्चिममा रहेका सम्भावनाको अध्ययन गरिरहेको छ”, मन्त्री भण्डारीले भने, “यहाँका फलाम खानीलगायतका सम्भावनाको अध्ययन गर्न सुदूरपश्चिममा टोली खटिएको छ ।” उहाँले औद्योगिक क्षेत्रसँगै कञ्चनपुरको दोधारा चाँदनीमा सुक्खा बन्दरगाहको कामसमेत छिट्टै सञ्चालन हुने बताए ।

“औद्योगिक क्षेत्रमा देखिएको जग्गाको भोगाधिकारको समस्या एक महिनाभित्रै मन्त्रिपरिषद्बाट निर्णय गराएर समाधान गर्छु”, उनले भने, “भारतसँगको पारवहनका लागि सुक्खा बन्दरगाहको काम पनि केही समयमा सुरु हुँदैछ ।”

उहाँले यहाँका निर्माणधीन गौरवका योजनामा बजेट अभाव हुन नदिने बताउनुभयो । “महाकाली करिडोर, औद्योगिक क्षेत्र र सुक्खा बन्दरगाह निर्माणका लागि बजेट अभाव हुन दिनेछैन”, मन्त्री भण्डारीले भन्नुभयो, “औद्योगिक विकासका लागि निजी क्षेत्रसँग पनि सहकार्य गर्न तयार छौँ ।”

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धक सञ्जयलाल मानन्धरले औद्योगिक क्षेत्रमा एक उद्योगका लागि पाँच कठ्ठादेखि पाँच बिघा जमीन छुट्याइएकोे जानकारी दिए । “औद्योगिक क्षेत्र निर्माणका लागि रु नौ अर्ब खर्च हुने अनुमान छ”, महाप्रबन्धक मानन्धरले भने, “उद्योग स्थापना भएमा प्रत्यक्ष तथा अप्रत्यक्ष गरी २२ हजारले रोजगारी पाउनेछन ।” उनका अनुसार एकसय वटा औद्योगिक प्लट रहने दैजी–छेला औद्योगिक क्षेत्रमा साना उद्योगका लागि २३, मझौला उद्योगका लागि ४४ र ठूला उद्योगका लागि ३३ प्लट छुट्याएको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार  ९ : ३५ बजे

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या