रासायनिक मल खरिदका लागि थप साढे सात अर्ब बजेट छुट्याइयो « Khabarhub

रासायनिक मल खरिदका लागि थप साढे सात अर्ब बजेट छुट्याइयो


८ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – चालु आर्थिक वर्षका लागि आवश्यक पर्ने रासायनिक मल खरिद गर्न अर्थ मन्त्रालयले थप रु सात अर्ब ५० करोड बराबरको स्रोत सुनिश्चित गरेको छ ।

अर्थ मन्त्रालयले आज एक प्रेस नोट जारी गर्दै रासायनिक मल खरिदका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयकले गरेको प्रस्तावमा सहमति दिएको जनाएको छ ।

“स्रोत सुनिश्चित भएको रकममध्ये रु दुई अर्ब ४० करोड बराबर कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि विनियोजन गरिएको बजेटबाट व्यवस्था गरिनेछ भने रु दुई अर्ब ५० करोड आगामी आर्थिक वर्षको सिलिङमा समावेश गरिनेछ । त्यस्तै, रु दुई अर्ब ६० करोड बराबर दायित्व सिर्जना भएपछि निकासा गरिनेछ”, अर्थ मन्त्रालयले भनेको छ ।

रासायनिक मल खरिद गर्न चालु आर्थिक वर्ष २०७९र८० को वार्षिक बजेटमार्फत रु १५ अर्ब विनियोजन गरिएको थियो । मल खरिदका लागि अर्थ मन्त्रालयले थप रु १६ अर्बको स्रोत सुनिश्चित गरेको थियो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मल खरिदका लागि थप रकम माग गरेपछि पुनःस्रोतको व्यवस्था गरिएको हो ।

रासायनिक मल खरिद र आपूर्ति व्यवस्था सहज गर्ने विषयमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पाँच दिनअघि कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साह, कृषि विकास सचिव गोविन्दप्रसाद शर्मालगायतसँग छलफल गरेका थिए ।

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार  १० : ०१ बजे

दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट

कञ्चनपुर – सुदूरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको भीमदत्त र दोधारा-चाँदनी जोड्ने

शक्तिशाली भूकम्पका परकम्पपछि पानामामा सङ्कटकाल घोषणा

काठमाडाैं – शक्तिशाली भूकम्पपछि लगातार आएका परकम्पले बस्ती हल्लाएसँगै पानामा

इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता

तेहरान – इरानका राष्ट्रपति मसूद पेजेसिकयान र ओमानका सुल्तान हैथम

‘पुरानै ढर्राले अब पार्टी चल्दैन’ : ८१ वर्षे कांग्रेस प्रतिनिधि शोभाचन्द्र बराल

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कास्की क्षेत्र नं. २