रासायनिक मल खरिदका लागि थप साढे सात अर्ब बजेट छुट्याइयो « Khabarhub

रासायनिक मल खरिदका लागि थप साढे सात अर्ब बजेट छुट्याइयो


८ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – चालु आर्थिक वर्षका लागि आवश्यक पर्ने रासायनिक मल खरिद गर्न अर्थ मन्त्रालयले थप रु सात अर्ब ५० करोड बराबरको स्रोत सुनिश्चित गरेको छ ।

अर्थ मन्त्रालयले आज एक प्रेस नोट जारी गर्दै रासायनिक मल खरिदका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयकले गरेको प्रस्तावमा सहमति दिएको जनाएको छ ।

“स्रोत सुनिश्चित भएको रकममध्ये रु दुई अर्ब ४० करोड बराबर कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि विनियोजन गरिएको बजेटबाट व्यवस्था गरिनेछ भने रु दुई अर्ब ५० करोड आगामी आर्थिक वर्षको सिलिङमा समावेश गरिनेछ । त्यस्तै, रु दुई अर्ब ६० करोड बराबर दायित्व सिर्जना भएपछि निकासा गरिनेछ”, अर्थ मन्त्रालयले भनेको छ ।

रासायनिक मल खरिद गर्न चालु आर्थिक वर्ष २०७९र८० को वार्षिक बजेटमार्फत रु १५ अर्ब विनियोजन गरिएको थियो । मल खरिदका लागि अर्थ मन्त्रालयले थप रु १६ अर्बको स्रोत सुनिश्चित गरेको थियो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मल खरिदका लागि थप रकम माग गरेपछि पुनःस्रोतको व्यवस्था गरिएको हो ।

रासायनिक मल खरिद र आपूर्ति व्यवस्था सहज गर्ने विषयमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पाँच दिनअघि कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साह, कृषि विकास सचिव गोविन्दप्रसाद शर्मालगायतसँग छलफल गरेका थिए ।

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार  १० : ०१ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै