आत्मघाती गोलका बाबजुद बार्सिलोनाको जीत | Khabarhub Khabarhub

आत्मघाती गोलका बाबजुद बार्सिलोनाको जीत


६ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आत्मघाती गोलका बाबजुद बार्सिलोनाले स्पेनिस ला लिगमा रियल म्याड्रिडलाई पराजित गरेको छ ।

घरेलु मैदान स्पोटिफाई क्याम्प नोउमा आइतबार राति भएको खेलमा म्याड्रिडलाई हराउँदै बार्सिलोना २–१ ले विजयी भएको हो ।

आत्मघाती गोलसमेत खाएको बार्सिलोनाका जीतमा सजी रोबर्टो र फ्रान्क केस्सीले याेगदान गरे । जसअनुसार पहिलो हाफको नवौं मिनेटमा रोनाल्ड एराउजोको आत्मघाती गोल गरे पछि परेको बार्सिलोना ४५औं मिनेटमा सर्जी रोबर्टोले गोल गर्दै खेललाई पहिलो हाफमा नै १–१ गोलको बराबरीमा ल्याउन सफल भए ।

दोस्रो हाफको ८१औं मिनेटमा मार्को एसेन्सियोले थप गोल गरे पनि भिएआरबाट मान्यता पाउन सकेन। जसका कारण बार्सिलोना १–१ को बराबरीमा सिमित रहन पुग्यो तर इन्ज्युरी समयको थप दोस्रो मिनेटमा फ्रान्क केस्सीले एलेक्स बाल्डेको पासमा गोल गरे पछि बार्सिलोना २–१ को जीत हासिल गर्न सफल भयो ।

यो जीतसँगै बार्सिलोनाको २६ खेलबाट ६८ अंक पुगेको छ भने पराजित रियल ५६ अंकमा सिमित छ । १२ अंकको अग्रता लिएको बार्सिलोना उपाधिको नजिक छ।

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार  ७ : २३ बजे

पुजार सार्की : बुबाको जवानीको ‘लुक्स’का आर्यन

काठमाडौं– ‘लभर बोई’को परिचय बनाएका एक समय महँगा स्टार आर्यन

कांग्रेसले समय मागेपछि कार्यदलको बैठक स्थगित

काठमाडौं- सहकारी ठगी प्रकरणलाई लिएर संसदीय छानबिन समिति गठनका लागि

युवतीलाई ‘आँखा झिम्क्याएको’ निहुँमा ट्राफिक प्रहरी जवानको हत्या

काठमाडौं : ट्राफिक प्रहरी प्रभाग दरबारमार्गमा कार्यरत प्रहरी जवान युवराज

रुसले युक्रेनमा आक्रमण बढाउन सक्ने जेलेन्स्कीको आकलन

काठमाडौं– युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की रुसले युक्रेनको उत्तरपूर्वी क्षेत्रमा आक्रमण

राष्ट्रिय सभाको बैठक पनि सर्‍यो

काठमाडौं– प्रतिनिधि सभा बैठक स्थगित भए लगत्तै बसेको राष्ट्रिय सभाको