आत्मघाती गोलका बाबजुद बार्सिलोनाको जीत « Khabarhub

आत्मघाती गोलका बाबजुद बार्सिलोनाको जीत


६ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आत्मघाती गोलका बाबजुद बार्सिलोनाले स्पेनिस ला लिगमा रियल म्याड्रिडलाई पराजित गरेको छ ।

घरेलु मैदान स्पोटिफाई क्याम्प नोउमा आइतबार राति भएको खेलमा म्याड्रिडलाई हराउँदै बार्सिलोना २–१ ले विजयी भएको हो ।

आत्मघाती गोलसमेत खाएको बार्सिलोनाका जीतमा सजी रोबर्टो र फ्रान्क केस्सीले याेगदान गरे । जसअनुसार पहिलो हाफको नवौं मिनेटमा रोनाल्ड एराउजोको आत्मघाती गोल गरे पछि परेको बार्सिलोना ४५औं मिनेटमा सर्जी रोबर्टोले गोल गर्दै खेललाई पहिलो हाफमा नै १–१ गोलको बराबरीमा ल्याउन सफल भए ।

दोस्रो हाफको ८१औं मिनेटमा मार्को एसेन्सियोले थप गोल गरे पनि भिएआरबाट मान्यता पाउन सकेन। जसका कारण बार्सिलोना १–१ को बराबरीमा सिमित रहन पुग्यो तर इन्ज्युरी समयको थप दोस्रो मिनेटमा फ्रान्क केस्सीले एलेक्स बाल्डेको पासमा गोल गरे पछि बार्सिलोना २–१ को जीत हासिल गर्न सफल भयो ।

यो जीतसँगै बार्सिलोनाको २६ खेलबाट ६८ अंक पुगेको छ भने पराजित रियल ५६ अंकमा सिमित छ । १२ अंकको अग्रता लिएको बार्सिलोना उपाधिको नजिक छ।

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार  ७ : २३ बजे

‘प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीबिना आर्थिक क्रान्ति सम्भव छैन’

म पुराना अन्धविश्वासहरूमा विश्वास त गर्दिनँ, तर शान्ति प्रक्रियामा आइसकेपछि

६ दिनभित्र बेनी-जोमसोम सडक पूर्ण सुचारु हुने

काठमाडौं- मालढुंगा-बेनी-जोमसोम-कोरला सडक खण्ड अन्तर्गत विभिन्न स्थानमा गएको पहिरो र

नेपाली कांग्रेस १५ औँ महाधिवेशनको बन्द सत्र सुरू (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको दोस्रो दिन बन्द सत्र

गगन थापाले पेस गरे ‘समुन्नत नेपालको नयाँ राजनीतिक संकल्प’

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनमा ‘राष्ट्रिय पुनर्जागरण

प्रभावित प्रदेशका मुख्यमन्त्रीलाई प्रधानमन्त्रीको सान्त्वना- विपद्मा ढुक्क हुनूस्

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संघ, प्रदेश र स्थानीय सरकारबीच आपसी