बर्दियामा बाघको आक्रमणबाट दुई जनाको मृत्यु « Khabarhub

बर्दियामा बाघको आक्रमणबाट दुई जनाको मृत्यु


६ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


453
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बर्दियामा बाघको आक्रमणमा परी दुई जनाको ज्यान गएको छ । मधुवन नगरपालिका ५ मा बाघको आक्रमणबाट दुई जनाको मृत्यु भएको हो ।

मधुवन नगरपालिका ५ का स्थानीय ५५ वर्षीया समुद्री बुढा क्षेत्री र ५० वर्षीया धनसरी गुरुङको बाघको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोमबार दिउँसो चिरौटे सामुदायिक वनमा दाउरा खोज्न जाने क्रममा बाघको आक्रमणमा परी उनीहरूको ज्यान गएको डिभिजन वन कार्यालय बर्दियाका प्रमुख प्रविण बिडारीले जानकारी दिए ।

अहिले स्थानीय, प्रहरी, वनका कर्मचारी र हात्तीसहितको टोली घटनास्थल पुगेको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार  ५ : २६ बजे

समानुपातिक उम्मेदवारी फिर्ता लिएँ : डा. त्रिशला गुरुङ

काठमाडौं- गायिका तथा चिकित्सक डा. त्रिशला गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टीबाट

गगन थापालाई प्रश्न : अब तपाईंहरूको विशेष महाधिवेशन के हुने भयो ?

काठमाडौं-नेपाली कांग्रेसको आन्तरिक विवाद नयाँ मोडमा पुगेको छ । शुक्रबार

कास्कीमा निर्वाचन केन्द्रित गतिविधि अनुशासित बनाइने

गण्डकी– कास्कीमा क्रियाशील राजनीतिक दलहरूबीच आसन्न फागुन २१ गते हुने

कांग्रेसमा गगन र विश्वप्रकाशसहित पाँच नेताको फरक मत

काठमाडौं- नेपाली कांग्रेसको पन्ध्रौँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१

प्रदीपलाई हिट फिल्मको खाँचो, ‘एक्लो’ले फ्लपको ह्याट्रिक पुर्‍याउने डर !

काठमाडौं – पछिल्लो समय नेपाली फिल्मलाई दर्शक पाउन सकस परेको