मृत भेटिए कोरियन पपस्टार मोनबिन « Khabarhub

मृत भेटिए कोरियन पपस्टार मोनबिन


७ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

सोल – कोरियन पपस्टार मोनबिन अर्पाटमेन्टमा मृत भेटिएका छन्। २५ वर्षे पपस्टार सोलको गंगनम–गुको आफ्नो अपार्टमेन्टमा मृत भेटिएका हुन्। प्रहरीले उनले आत्महत्या गरेको अनुमान लगाए पनि विस्तृत विवरण पोस्टमार्टम पछिमात्र थाहा हुने जनाएको छ।

पुरुष व्याण्ड समूह एस्ट्रोमा सन् २०१६ मा जोडिनुअघि मोनबिन अभिनेता तथा मोडल थिए। यो ब्याण्ड के–पप ग्रुपको लोकप्रिय ब्याण्डमा पर्छ। उनले मोनबिन र सान्हाजस्ता साना समूहमा पनि गीत गाएका थिए।

एस्ट्रोमा जोडिनु अघि मोनबिन एजेन्सी फान्टागियोको प्रशिक्षण कार्यक्रममा थिए। यो समूहले हालसम्म जम्मा ६ वटा मात्र प्रस्तुति दिएको छ। यही बीचमा ब्याण्डका एक सदस्यले गत फेब्रुअरीमा व्याण्ड छोडेका थिए।

उनकी बहिनी मोन सुआ पनि के–पप गायिका हुन्। उनी महिला समूह बिलीमार्फत गीत गाउँछिन्। हालको वर्षमा आफ्नो ज्यान गुमाउने मोनबिन पछिल्लो कोरियन स्टार हुन्।

अन्य विकसित मुलुकको तुलनामा दक्षिण कोरियामा युवा आत्महत्याको दर उच्च छ। सरकारले आत्महत्याको दरलाई न्यूनीकरणको प्रयास गरे पनि त्यो प्रभावकारी हुन सकेको छैन।

प्रकाशित मिति : ७ बैशाख २०८०, बिहीबार  १२ : २४ बजे

बुढीगण्डकीको बाढीले शान्ति बजारका घर डुबानमा

गोरखा- बुढीगण्डकी नदीमा आएको बाढीले गोरखाको आरुघाट गाउँपालिका–५ स्थित शान्ति बजार

रुससँग डिजेल सम्झौतापछि ट्रम्प-जेलेन्स्की विवाद चर्कियो, ट्रम्पले मागे युक्रेनमा नयाँ नेतृत्व

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई हटाएर

बेत्रावतीस्थित फलाकु खोलामा सेनाले बनाएको एक्रो बेलीब्रिज सञ्चालनमा (तस्बिरहरू)

काठमाडौं– रसुवाको भोटेकोशी क्षेत्रमा भदौ १० गते आएको भीषण बाढीका

चलचित्र ‘३६ को आँकडा’को ‘बहुलाउँछु कि क्या हो ?’ गीत सार्वजनिक

काठमाडौँ– अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’को गीत

वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद, कमाउँछन् वार्षिक एक लाख ५० हजार

भोजपुर– वैदेशिक रोजगारीबाट फर्किएपछि पुनः विदेश जाने सोच बनाउने युवाका लागि