म चितवनले रोपेको बिरुवा हुँ : रवि लामिछाने « Khabarhub

म चितवनले रोपेको बिरुवा हुँ : रवि लामिछाने


७ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा चितवन क्षेत्र नं २ का उम्मेदवार रवि लामिछानेले आफू चितवनवासीले हुर्काएको बिरुवा भएको बताए । चितवनको भरतपुरमा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै लामिछानेले गत निर्वाचनमा रोपेको बिरुवालाई मलजल दिन आग्रह गरे।

उनले भने , “गत निर्वाचनमा तपाईंहरूले रोपेको बिरुवा हुँ म । त्यो बिरुवालाई हुर्काउन मल चाहिन्छ । सम्पूर्ण गालीहरूलाई सङ्कलन गरेर मल बनाएका छौँ । हामीले त्यसलाई प्रयोग गर्नेछौँ । यसपटक मल त हालिसकेका छौँ । अब जल हाल्ने जिम्मेवारी तपाइँहरूको हो ।”

उहाँले अब चितवनले एक व्यक्तिलाई मात्रै नभएर देशलाई न्याय गर्ने बताए । उनले देशलाई परिवर्तनको जबर्जस्ती आवाज चाहिएको बताए । लामिछानेले भने, “यो साथको निरन्तरता चाहिएको छ । तपाईंलाई झुक्याउन जरुरी छैन । आँधीहुरी जे आए पनि नडराउनुहोला । न्यायका लागि आवाज उठाउनुभयो, न्याय चाहिन्छ भने आजको दिनमा चितवन जानुहोस् भन्ने मान्यता स्थापित भएको छ ।”

उनले अबको चार वर्षपछि २०८४ मा हुने आमनिर्वाचनमा देशभरबाट राष्ट्रिय स्वतन्त्र पार्टीले बहुमतको सरकार बनाउने दाबी गरे ।

कार्यक्रममा तनहुँबाट राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार बन्नुभएका डा स्वर्णिम वाग्लेले देशका विकृति र विसङ्गतिको विरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी शान्तिपूर्ण विद्रोहमा उत्रिएको बताए। सभामा राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय उपसभापति डीपी अर्याल, प्रवक्ता मुकुन्द ढकाल, संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ, सांसदहरू तोसिमा कार्की, हरि ढकाल, सबिता गौतमलगायतले सम्बोधन गरे।

प्रकाशित मिति : ७ बैशाख २०८०, बिहीबार  १० : ४७ बजे

शिक्षा मन्त्रालयले सातवटै प्रदेशमा शिक्षा संवाद गर्दै, पहिलो कार्यक्रम आज विराटनगरमा

काठमाडौँ– शिक्षा मन्त्रालयले प्रस्तावित शिक्षा ऐन ल्याउनुअघि सातवटै प्रदेशमा पुगेर

नेपाल आयल निगमले काठमाडौँका यी पाँच ठाउँबाट खाना पकाउने ग्यास वितरण गर्दै

काठमाडौँ– नेपाल आयल निगमले आज काठमाडौँका विभिन्न पाँच ठाउँबाट खाना

बाढीपहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध भएका

देशभर मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

१५ जनामा औलो रोगको सङ्क्रमण

चितवन– गत आर्थिक वर्षमा चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका