म चितवनले रोपेको बिरुवा हुँ : रवि लामिछाने « Khabarhub

म चितवनले रोपेको बिरुवा हुँ : रवि लामिछाने


७ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा चितवन क्षेत्र नं २ का उम्मेदवार रवि लामिछानेले आफू चितवनवासीले हुर्काएको बिरुवा भएको बताए । चितवनको भरतपुरमा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै लामिछानेले गत निर्वाचनमा रोपेको बिरुवालाई मलजल दिन आग्रह गरे।

उनले भने , “गत निर्वाचनमा तपाईंहरूले रोपेको बिरुवा हुँ म । त्यो बिरुवालाई हुर्काउन मल चाहिन्छ । सम्पूर्ण गालीहरूलाई सङ्कलन गरेर मल बनाएका छौँ । हामीले त्यसलाई प्रयोग गर्नेछौँ । यसपटक मल त हालिसकेका छौँ । अब जल हाल्ने जिम्मेवारी तपाइँहरूको हो ।”

उहाँले अब चितवनले एक व्यक्तिलाई मात्रै नभएर देशलाई न्याय गर्ने बताए । उनले देशलाई परिवर्तनको जबर्जस्ती आवाज चाहिएको बताए । लामिछानेले भने, “यो साथको निरन्तरता चाहिएको छ । तपाईंलाई झुक्याउन जरुरी छैन । आँधीहुरी जे आए पनि नडराउनुहोला । न्यायका लागि आवाज उठाउनुभयो, न्याय चाहिन्छ भने आजको दिनमा चितवन जानुहोस् भन्ने मान्यता स्थापित भएको छ ।”

उनले अबको चार वर्षपछि २०८४ मा हुने आमनिर्वाचनमा देशभरबाट राष्ट्रिय स्वतन्त्र पार्टीले बहुमतको सरकार बनाउने दाबी गरे ।

कार्यक्रममा तनहुँबाट राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार बन्नुभएका डा स्वर्णिम वाग्लेले देशका विकृति र विसङ्गतिको विरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी शान्तिपूर्ण विद्रोहमा उत्रिएको बताए। सभामा राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय उपसभापति डीपी अर्याल, प्रवक्ता मुकुन्द ढकाल, संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ, सांसदहरू तोसिमा कार्की, हरि ढकाल, सबिता गौतमलगायतले सम्बोधन गरे।

प्रकाशित मिति : ७ बैशाख २०८०, बिहीबार  १० : ४७ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना