पन्जाबलाई हराएको राजस्थानको प्लेअफ सम्भावना कायमै « Khabarhub

पन्जाबलाई हराएको राजस्थानको प्लेअफ सम्भावना कायमै


६ जेष्ठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


777
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इन्डियन प्रिमियर लिग(आईपीएल)मा राजस्थान रोयल्सले पन्जाब किंग्सलाई पराजित गरेर प्लेअफ प्रवेशको सम्भावना कायमै राखेको छ। धर्मशालाको एचपीसीएको क्रिकेट मैदानमा भएको खेलमा राजस्थान ४ विकेटले विजयी हुँदा शीर्ष चारमै रहेको हो।

पन्जाबले दिएको १ सय ८८ रनको लक्ष्य राजस्थानले १९ दशमलब ४ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो। राजस्थानको जितमा यशस्वी जैसवाल र देवदत्त पडिकलले अर्धशतकीय ईनिङ खेले। पडिकलले ५१ रन तथा जैसवालले ५० रनको योगदान गरे।

यसैगरी सिमरन हिटमायर जैसवालले ४७, सिमरन हिटमायरले ४६ र रियान परागले २० रन बनाए।

पन्जाबका लागि कागिसो रबाडाले २ तथा राहुल चहर,साम करन,नाथन एलिस र अर्शदिप सिंहले समान १/१ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८७ रन बनाएको थियो।

यसजितसँगै राजस्थान १४ खेलबाट १४ अंकका साथ पाँचौ स्थानमा रहेको छ भने पन्जाब १४ खेलमा १२ अंकका साथ प्रतियोगिताबाट बाहिरिएको छ।

आजको दोस्रो खेलमा लखनउसँग कोलकत्ताको हार तथा भोलि मुम्बई तथा बेंगलोरको हारले राजस्थानको प्लेअफको ढोका खुल्नेछ।

 

प्रकाशित मिति : ६ जेष्ठ २०८०, शनिबार  ६ : ४७ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको