सदस्यसचिव वाग्लेको पद उच्च अदालतले जोगायो « Khabarhub

सदस्यसचिव वाग्लेको पद उच्च अदालतले जोगायो


६ जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

विराटनगर – कोसी प्रदेश अन्तर्गतका खेलकुद विकास बोर्डकाका सदस्य सचिव हंशराज वाग्लेको पद थामिन पुगेको छ।

कोसी प्रदेश सरकारलाई उच्च अदालतले वाग्लेलाई हटाउने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएसँगै उनको पद थमौती भएको हो।

कोसी सरकारले गत बुधबार वाग्लेलाई बर्खास्त गर्ने निर्णय लिएको थियो। उक्त निर्णयविरुद्ध वाग्लेले उच्च अदालत विराटनगरमा पुगेका थिए। उच्च अदालतका न्यायाधीश कमलकृष्ण अधिकारीको एकल इजलासले प्रदेश सरकारको उक्त निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो।

गत वैशाख १४ गतेदेखि १६ गतेसम्म दमकमा आयोजित प्रथम मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने क्रममा ब्यानरमा आयोजकको रूपमा कोसी प्रदेशको नाम उल्लेख किन नगरेको ? भन्दै सामाजिक विकास मन्त्रालयले पहिलो पटक वैशाख १७ गते  र दोस्रो पटक वैशाख २७ गते गरी दुई दुई पटक स्पष्टीकरण सोधेको थियो। उक्त स्पष्टीकरण चित्त नबुझेको भन्दै गत बुधवार उनलाई बर्खास्त गर्ने निर्णय मन्त्रीपरिषद्ले गरेको थियो।

तर, उच्च अदालतको अन्तरिम आदेशले उनको पद भने तत्कालका लागि रोकिन पुगेको छ।

प्रकाशित मिति : ६ जेठ २०८०, शनिबार  ७ : ३९ बजे

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागुऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा

त्रियुगा क्षेत्रमा जंगली हात्ती गाउँ पस्दा १२ घरमा क्षति

गाईघाट– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा

पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित

मुस्ताङ– हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले