सूर्यगढीको कोम्राङपाखामा विद्युत् पुग्यो | Khabarhub Khabarhub

सूर्यगढीको कोम्राङपाखामा विद्युत् पुग्यो


६ जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

त्रिशूली – नुवाकोटको सूर्यगढी गाँउपालिका–१ को कोम्राङपाखासहितको आसपासमा विद्युत् सेवा पुगेको छ।

जिल्लाको दुर्गम क्षेत्र र माथिल्लो भूभाग भएकाले भौगोलिक कठिनाइको कारण विद्युत् प्रसारण प्रणाली पुग्न नसकेको उक्त गाउँमा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय नुवाकोटले ग्रामीण विद्युतीकरण कार्यक्रममार्फत केन्द्रीय प्रसारण प्रणाली पुर्‍याएको हो।

कार्यालयका डिभिजन प्रमुख हरिप्रसाद गुरागाईको अनुसार ‘उज्यालो बागमती अभियान’ अन्तर्गत रु ४० लाख लगानीमा ६० फलामको खम्बा र प्रसारण लाइन विस्तार गरेर विद्युत् पुर्‍याइएको हो। “विद्युत् सेवाको अभाव र तत्कालको लागि प्राधिकरणबाट विस्तारको तयारी नभएको भन्दै स्थानीयवासी र जनप्रतिनिधिको आग्रहअनुसार गरिएको स्थलगत सर्वेक्षणअनुसार बत्ती विस्तारको तयारी गरिएको हो”, डिभिजन प्रमुख गुरागाईले भने, “किसानको दैनिक जीवनमा आर्थिक रुपान्तरणसँग जोड्न बनाएको लक्ष्य विद्युत् सेवाको पहुँच पुर्‍याउन सफल भएसँगै पूरा भएको छ।”

विद्युत् सेवाको विस्तार भएसँगै यहाँका नागरिकले टुकी बत्तीको सट्टा बिजुली बाल्न पाउने भएपछि गाँउमा खुसीको उमङ्ग छाएको सूर्यगढी गाउँपालिका–१ वडाध्यक्ष राजकुमार तामाङ (रञ्जित)ले बताए। उनको अनुसार बत्ती बाल्न र सञ्चारमाध्यमको उपभोग गर्नसहित जङ्गली जनावरले कृषि उब्जनीमा पुर्‍याउँदै आएको क्षति नोक्सानी कम गराउन सक्ने आशा स्थानीयवासीको छ।

“लाङटाङ राष्ट्रिय निकुञ्जको पहुँच क्षेत्र भएकाले बदेल, दुम्सी भगाउन बत्ती बाल्न र सङ्गीत बजाएर भगाउन सकिन्छ भन्ने योजना बनाएका छौँ।” वडाध्यक्ष तामाङले भने, “गाउँमा कुटानीपिसानी गर्ने मिल चलाउन, बालबालिकालाई अध्ययन र चुलोचौकाको काम बिहान बेलुकाको समयमा गर्न सहज भएपछि गाउँवासी उत्साहित छन्।”

कोम्राङपाखाको ८४ वर्षीय जितमानसिंह तामाङको घरमा बत्ती बालेर सुरु भएको विद्युत् सेवा तार व्यवस्थापनको काम भइरहेकाले लक्ष्यअनुसार एकसय ५० घरधुरीमा पुर्‍याउन एक साता लाग्ने देखिएको छ।

साठी वटा खम्बा र त्यसमा प्रसारण लाइन जडान भइसकेको छ भने घरघरमा विद्युतीकरणको लाइन मिलाउन बाँकी भएकाले सबैको घरमा बत्ती बल्न केही दिन लाग्ने योजना कार्यान्वयन गर्ने ‘ग्रामीण विद्युतीकरण तथा अन्य निर्माण उपभोक्ता समिति’का अध्यक्ष काजीमान तामाङले बताए।

समुद्री सतहदेखि दुई हजार दुईसय मिटर उचाइमा अवस्थित यस (कोम्राङपाखा) बस्ती गोसाइँकुण्ड पदमार्ग, निकुञ्ज र हिमशृङ्खलाको मनोरम दृष्यावलोकनको लागि पर्यटकीय क्षेत्रको रुपमा प्रसिद्ध यस ठाँउमा विद्युत्को उपभोगले स्थानीयवासीको आर्थिक जनजीवनमा उल्लेख्य सुधार हुने विश्वास लिएको उनको भनाइ छ।

प्रकाशित मिति : ६ जेठ २०८०, शनिबार  ८ : ३९ बजे

राजसंस्था पुनर्स्थापनाको माग गर्दै राजावादीको मोटरसाइकल र्‍याली (तस्बिरहरू)

काठमाडौं– संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्य सहित बहुदलीय प्रजातन्त्र

यातायात व्यवस्था कार्यालयद्वारा ६० करोड राजस्व सङ्कलन

कैलाली– यातायात व्यवस्था कार्यालय, कैलालीले चालु आर्थिक वर्ष २०८१/८२ को हालसम्ममा

माओवादी केन्द्रकी सांसद रेखा शर्माले भनिन्– सरकारले २०४७ सालयताका नेताहरूको सम्पत्ति छानबिन गरोस्

काठमाडौं– नेकपा माओवादी केन्द्रकी नेता तथा सांसद रेखा शर्माले २०४७

आरआर क्याम्पसमा तोडफोड गरेको आरोपमा नेविसंघका १८ जनाविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का

उपप्रधानमन्त्री सिंहले मागे मन्त्रालय मातहतका विभाग प्रमुखसँग लिखित कार्ययोजना

काठमाडौं– उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले मन्त्रालय मातहतका विभाग