अमेरिकालाई राप्रपाको जवाफ- हिन्दु राज्यका लागि बाह्य आर्थिक सहयोग लिँदैनौँ « Khabarhub

अमेरिकालाई राप्रपाको जवाफ- हिन्दु राज्यका लागि बाह्य आर्थिक सहयोग लिँदैनौँ


६ जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अमेरिकाले हालै सार्वजनिक गरेको ‘अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता प्रतिवेदन–२०२२’ मा असहमति जनाएको छ।

अमेरिक‍ी प्रतिवेदनमा ‘हिन्दु राज्य’ को पक्षमा अभिव्यक्ति दिनका लागि भारतको सत्तारूढ राजनीतिक दल भारतीय जनता पार्टी र भारतका अन्य हिन्दु समूहले नेपालका नेतालाई रकम दिने गरेको दाबी गरेछि राप्रपाले असहमति जनाएको हो।

राप्रपाले सो प्रतिवेदन प्रति असहमति जनाउँदै नेपालस्थित अमेरिकी राजदूतावासमा पत्राचार गरेको छ। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले उक्त प्रतिवेदनमाथि असहमति जनाउँदै अमेरिकी राजदूत डीन आर थम्प्सनलाई पत्र लेखेका हुन्।

अमेरिकी विदेश मन्त्रालयको सो प्रतिवेदन एकपक्षीय र पूर्वाग्रही भएको अध्यक्ष लिङदेनले जनाएका छन्। ‘प्रतिवेदनले एकतर्फी पूर्वाग्रहलाई प्रतिबिम्बित गरेको छ, जसले गर्दा सन्तुलित, भरपर्दो र वास्तविकता प्रस्तुत गर्नबाट सो प्रतिवेदन पुरै चुकेको छ,’ नागरिक समाजप्रति पनि अमेरिकन विदेश मन्त्रालयले अपुरो ज्ञानका आधारमा लेखेको भन्दै राप्रपाले भनेको छ, ‘नागरिक समाजका नेताहरूले आरोपलाई समर्थन गर्ने कुनै ठोस प्रमाण पेस गरेका छैनन्, यसबाहेक प्रतिवेदनले राप्रपाबाट कुनै विचार वा प्रतिक्रिया खोज्न असफल भएको छ।’

हिन्दु राज्य स्थापनाका लागि आफूहरू सक्रिय रहेको जनाउँदै राप्रपाले लेखेको पत्रमा बाह्य सहयोग र त्यो पनि आर्थिक सहयोगलाई स्वीकार्य नरहेको पत्रमा उल्लेख छ। ‘हामी हाम्रा एजेन्डा र लक्ष्यहरू स्थापना गर्नका लागि हाम्रा मित्र राष्ट्रहरूबाट राम्रो विश्वासको स्वागत गर्दछौँ। तथापि, राप्रपाले कुनै पनि प्रकारको बाह्य हस्तक्षेप र आर्थिक समर्थनलाई स्वीकार गर्दैन,’ राप्रपाको स्पष्ट दृष्टिकोण उल्लेख गर्दै भनेको छ।

सो प्रतिवेदनले नेपाल र अमेरिकाको बिचमा बैमन्यस्यता उत्पन्न गराउने भनिएको छ। ‘प्रतिवेदनमा लगाइएका व्यापक आरोपहरूले हाम्रो (नेपाल र अमेरिका बिचको) छविलाई धमिलो पार्छ र नतिजाहरूको कारण हामी गहिरो चोटमा छौँ,’ पत्रमा भनिएको छ, ‘हामी अमेरिकाको विदेश मन्त्रालयलाई प्रतिवेदनका कमजोरीहरू पुनः हेर्न र सुधार गर्न आग्रह र आह्वान गर्दछौँ।’

सो पार्टीले राष्ट्रको संरक्षकको रूपमा संवैधानिक राजतन्त्र र सबै धर्मको सम्मानसहित हिन्दु राज्यप्रतिको आफ्नो दृढ विश्वासमा अडिग रहेको पनि पत्रमा उल्लेख गरेको छ।

प्रकाशित मिति : ६ जेठ २०८०, शनिबार  ९ : ५५ बजे

कञ्चनपुरमा महिला मतदाता बढी

कञ्चनपुर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदाताको

आईसीसी महिला टी–२० छनोट : थाइल्याण्डसँग नेपाल पराजित

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको पहिलो खेलमा नेपाल

पहिलो पटक घण्टीघरमा प्रवेश गर्दै बालेन्द्र, रास्वपा बैठकमा सहभागी हुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह केन्द्रीय कार्यालय

गैँडाकोटबाट नारायणीमा ‘राइनो क्रुज’ सञ्चालन हुँदै

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटस्थित नारायणी नदीबाट नेपालकै पहिलो ‘राइनो क्रुज’

सर्वोच्चपछि सडकतिर पनि आधिकारिकता खोज्दै देउवा समूह (तस्बिरहरू)

काठमाडौं- नेपाली कांग्रेसबाट आधिकारिकता गुमाएको शेरबहादुर देउवा समूह सर्वोच्च अदालतपछि