कोरियाली राष्ट्रपति र प्रधानमन्त्री मोदीबीच भेटवार्ता « Khabarhub

कोरियाली राष्ट्रपति र प्रधानमन्त्री मोदीबीच भेटवार्ता


६ जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

हिरोसिमा– दक्षिण कोरियाका राष्ट्रपति युन सुक येल र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । दुवै पक्षबीच पारस्परिक सम्बन्ध विस्तारका साथै प्रतिरक्षा र व्यापारीक सम्बन्ध प्रवर्द्धनबारे विचारविमर्श भएको भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले बताएका छन् । 

कोरियासँगको विशेष राजनीतिक साझेदारी र दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्सवका सन्दर्भमा पनि छलफल भएको प्रवक्ता बाग्चीले बताएका छन् । दुवै पक्षले व्यापार, लगानी र प्रविधिका क्षेत्रमा सहकार्य गर्न सहमति जनाएका छन् । प्राविधिक उपकरण उत्पादन, प्रतिरक्षा र संस्कृति सम्बन्ध विस्तारबारे पनि नेताद्वयबीच विचारविमर्श भएको जनाइएको छ । 

कोरियाली राष्ट्रपति र भारतीय प्रधानमन्त्रीले भारतले गरेको जी ट्वेन्टी तथा कोरियाले गरेको हिन्द-प्रशान्त रणनीतिको अध्यक्षताबारे पनि छलफल गरेका थिए । भारतीय प्रधानमन्त्रीको कार्यालयले कोरियाली राष्ट्रपतिसँगको प्रधानमन्त्री मोदीको भेटवार्ता फलदायी रहेको बताएको छ । दुवै मुलुकबीचको सम्बन्ध अत्यन्त सुमधुर रहेको चर्चा गर्दै प्रधानमन्त्रीको कार्यालयले दुई नेताबीचको वार्ता विकासका विषयमा केन्द्रित रहेको जनाएको छ । 

आजै प्रधानमन्त्री मोदी र जापानका प्रधानमन्त्री फुमियो किसिदाबीच भेटवार्ता भएको छ । त्यस अवसरमा उनीहरूबीच भारत-जापान सम्बन्धका सबै पक्षमा  समीक्षा भएको  थियो । हाल जी ट्वेन्टी र जी सेभेनको अध्यक्षता गरिरहेका सरकार प्रमुखबीचको छलफल विश्वशान्ति र विकासमा केन्द्रित रहेको थियो ।

प्रधानमन्त्री किसिदाको मैत्रीपूर्ण निमन्त्रणामा जी सेभेनको ४९ औँ वार्षिक शिखर सम्मेलनमा भाग लिने सिलसिलामा प्रधानमन्त्री मोदी  जापानको हिरोसिमामा रहेमा छन् । 

प्रकाशित मिति : ६ जेठ २०८०, शनिबार  १ : ०८ बजे

रास्वपा महाधिवेशन : ६ पदमा ३० बढी आकांक्षी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा ६ पदमा ३०

रास्वपाको उपसभापतिमा भिड्दै चार महिला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा अहिलेसम्म चारजना नेतृत्वले

असिम शाह रास्वपा सहमहामन्त्रीको उम्मेदवार बन्ने

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहका प्रमुख सल्लाहका असिम शाहले रास्वपाको

रास्वपा महामन्त्रीमा लड्दैछन् यी ८ नेता

काठमाडौँ । सत्तारुढ रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत आज राति पदाधिकारीको निर्वाचन

रास्वपाको खुला केन्द्रीय सदस्यमा कसले कति मत पाए ?

रास्वपाको केन्द्रीय सदस्यतर्फको मत परिणाम सार्वजनिक भएको छ । कोशी