‘मधेस सरकारको नेतृत्व परिवर्तन गर्ने पक्षमा गठबन्धन छैन्’  « Khabarhub

‘मधेस सरकारको नेतृत्व परिवर्तन गर्ने पक्षमा गठबन्धन छैन्’ 


६ जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

जनकपुर– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारको नीति तथा कार्यक्रम जनताको समस्या समाधान गर्ने गरी आएको बताएका छन् । जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै सरकारले ल्याएको नीति तथा कार्यक्रम प्रशंसा गर्न लायक भएको बताएका छन् ।

‘सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा देश र जनताको समस्या समाधानका उपाय खोज्ने गरी ल्याइएको छ’ नेपालले भने । उनले मधेस सरकारको नेतृत्व तत्काल परिवर्तन गर्ने पक्षमा सत्तारुढ गठबन्धन नरहेको पनि उनले जानकारी दिएका छन् । ‘मधेस सरकारको अहिले नेतृत्व परिवर्तन गर्ने पक्षमा सत्तारुढ गठबन्धन छैन, यही सरकारमा अन्य दललाई पनि समावेश गर्ने गरी अघि बढ्छौ’ उनले भने । 

नेता नेपालले रेशम चौधरीलाई जेलबाट रिहा गर्नका लागि पहलकदमी भइरहेको पनि जनाएका छन् । ‘सर्वोच्च अदालतको  फैसलाले रेशम चौधरीको रिहाईका लागि केही अवरोध गरेको छ तर अर्को विकल्प खोजी गरी रिहा गर्ने कोशिशमा हामी रहेका छौ ।’

प्रकाशित मिति : ६ जेठ २०८०, शनिबार  १ : ०५ बजे

वरिष्ठ उपसभापतिमा निर्विरोध बनेका विश्वप्रकाश शर्माले गरे मतदान

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा निर्विरोध वरिष्ठ उपसभापति

कांग्रेस महाधिवेशन: सभापतिको मतगणना आजै राष्ट्रिय सभागृहमा हुने, अन्य पदको सानेपामा गरिने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि खसेको

दोलखामा विकास निर्माणका काम अलपत्र पार्ने २२ निर्माण व्यवसायीको ठेक्का तोडिए

दोलखा – दोलखामा वर्षौंदेखि विकास निर्माणका काम अलपत्र पार्ने २२

गगन थापाले राष्ट्रिय सभागृहमा पुगेर गरे मतदान

काठमाडौँ – नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगनकुमार थापाले राष्ट्रिय सभागृहमा