ऐतिहासिक स्थलको संरक्षण आवश्यक : महासचिव पोखरेल « Khabarhub

ऐतिहासिक स्थलको संरक्षण आवश्यक : महासचिव पोखरेल


६ जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

देउखुरी– नेकपा (एमाले) का महासचिव एवम् लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री शंकर पोखरेलले ऐतिहासिक स्थलको संरक्षण गर्नुपर्ने बताएका छन् । 

दाङको तुलसीपुर-१९ स्थित ऐतिहासिक एवम् धार्मिक पर्यटकीय स्थल छिल्लीकोट कालिका मन्दिर संरक्षण समितिले आयोजना गरेको कार्यक्रममा उनले विगतमा जथाभावीरुपमा उत्खनन् गर्दा ऐतिहासिक तथ्य नष्ट  भएको बताए। ‘यहाँ रहेका ऐतिहासिक हातहतियारको संरक्षण गर्न सरकारले विशेष ध्यानदिनुपर्छ’, महासचिव पोखरेलले भने । 

आफू मुख्यमन्त्री भएको समयमा ऐतिहासिक स्थलको संरक्षण गर्ने कार्यक्रम ल्याएको उनको भनाइ छ । सरकारको नीति तथा कार्यक्रममा पर्यटकीय क्षेत्रलाई यथेष्टरुपमा समेटिनुपर्नेमा महासचिव पोखरेलले जोड दिए ।   

नगरप्रमुख टीकाराम खड्काले छिल्लीकोटको विकासका लागि साहसिक खेल जिपलाइन निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिए । छिल्लीकोटसम्म पुग्न बिजौरी  स्यालापानी हुँदै सडक कालोपत्र गरिँदै छ । 

स्यालापानीबाट केबुलकारका लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) समेत तयार गरिएको छ । 

प्रकाशित मिति : ६ जेठ २०८०, शनिबार  २ : ४३ बजे

वरिष्ठ उपसभापतिमा निर्विरोध बनेका विश्वप्रकाश शर्माले गरे मतदान

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा निर्विरोध वरिष्ठ उपसभापति

कांग्रेस महाधिवेशन: सभापतिको मतगणना आजै राष्ट्रिय सभागृहमा हुने, अन्य पदको सानेपामा गरिने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि खसेको

दोलखामा विकास निर्माणका काम अलपत्र पार्ने २२ निर्माण व्यवसायीको ठेक्का तोडिए

दोलखा – दोलखामा वर्षौंदेखि विकास निर्माणका काम अलपत्र पार्ने २२

गगन थापाले राष्ट्रिय सभागृहमा पुगेर गरे मतदान

काठमाडौँ – नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगनकुमार थापाले राष्ट्रिय सभागृहमा