आर्थिक सहायताका लागि मित्रराष्ट्रको मुख ताक्दै पाकिस्तान « Khabarhub

आर्थिक सहायताका लागि मित्रराष्ट्रको मुख ताक्दै पाकिस्तान


६ जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- आर्थिक सङ्कटमा परेको पाकिस्तानले अन्तरराष्ट्रिय मुद्रा कोष (आइएमएफ) बाट छ अर्ब ५० करोड अमेरिकी डलरको पुनरुत्थान सहायता प्याकेज प्राप्तिमा बिलम्ब भएपछि मित्रराष्ट्रहरूसँग सहयोगको याचना गर्ने निष्कर्षमा पुगेको छ ।

पाकिस्तानी समाचार संस्था एआरवाई न्युजका अनुसार आइएमएफ र पाकिस्तानबीच कर्मचारीस्तरमा गत फेब्रुअरीदेखि भएका आर्थिक सहायतासम्बन्धी वार्ताको परिणाम प्राप्त हुन बिलम्ब भएपछि वित्तीय सहयोगका लागि मित्रराष्ट्रहरूको मुख ताक्न सरकार बाध्य भएका हो ।

आइएमएमसँगको चालु ऋण कार्यक्रम आगमी महिनाको अन्तिममा मात्र समाप्त हुने र नयाँ ऋण प्याकेजका सम्बन्धमा उक्त वित्तीय संस्थाले निर्णय गरिनसकेकाले पाकिस्तान मित्रराष्ट्रसँग वित्तीय सहायता माग्ने बाध्यात्मक परिस्थितिमा पुगेको हो ।

पाकिस्तानले आईएमएफलाई पुरानो ऋणको केही अंश चुक्ता गर्नुपर्नेछ । कालोसूचीमा पर्नबाट जोगिन आगामी महिनाको अन्त्य सम्ममा छ अर्ब डलरको व्यवस्था गर्न आइएमएफले सरकारलाई भनिसकेको छ । आइएमएफका अधिकांश शर्तको पालना गर्न पाकिस्तान सहमत भएको छ । पूर्वप्रधानमन्त्री इमरान खानको कार्यकालमा भएका ऋणका कठोर सम्झौतलाई पनि वर्तमान सरकारले पालना गर्ने प्रतिबद्धता व्यक्त गरेको एआरवाई न्युजमा जनाइएको छ ।

एआरवाईका अुनसार पाकिस्तानले अहिलेको वित्तीय समस्याबाट पार पाउन चीनसँग मद्दत मागेको छ । बेइजिङले दुई अर्ब ४० करोड डलर ऋण सहयोग प्रदान गर्ने विश्वास पाकिस्तानी अधिकारीले व्यक्त गरेका छन् ।

यसैबीच, पाकिस्तानका अर्थमन्त्री इशाक दारले कर्मचारी तहमा भएका वार्ता एवम् सम्झौतामा हस्ताक्षर गर्ने वा नगर्ने निर्णय आइएमएममा निहित रहेको बताएका छन् । सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले आइएमएफका अधिकांश शर्त पूरा गरिएका तथा पूर्वशर्तहरू लागू गरिएका स्पष्ट गरेका छन् ।

प्रकाशित मिति : ६ जेठ २०८०, शनिबार  ५ : २० बजे

रास्वपा पदाधिकारीको मतदान तालिका प्रभावित

काठमाडाैं – रास्वपाको पहिलो महाधिवेशनअन्तर्गत पदाधिकारीको निर्वाचन तालिका प्रभावित भएको

रास्वपाका प्रतिनिधिलाई पार्टीको खाना आजमात्रै भोलिदेखि आफैँ बस्दोबस्ती गर्नुपर्ने

काठमाडाैं – सत्तारुढ दल रास्वपाको चितवनमा जारी पहिलो महाविधेशनका लागि

रास्वपा महाधिवेशनमा नगएका अमरेशको चेतावनी : संघीयतामाथि हस्तक्षेप स्वीकार्य हुँदैन

काठमाडौं – रास्वपाका सांसद अमरेशकुमार सिंहले रास्वपाकै प्रस्तावनामाथि कडा टिप्पणी

रास्वपा निर्वाचन : कोशीमा निशालाई सर्वाधिक मत, विश्वराज दोस्रो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय

रास्वपाको केन्द्रिय सदस्यमा कर्णालीबाट सीता, तासी र विनिता विजयी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य पदको निर्वाचनमा