पत्रकारिता राष्ट्र र जनताको सेवामा समर्पित हुनुपर्छ : मन्त्री ज्वाला « Khabarhub

पत्रकारिता राष्ट्र र जनताको सेवामा समर्पित हुनुपर्छ : मन्त्री ज्वाला


६ जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले पत्रकारिता क्षेत्र स्वतन्त्र, निष्पक्ष र व्यावसायिक हुनुपर्ने बताएका छन् । समाजवादी प्रेस संगठन काठमाडौँ जिल्ला शाखाको प्रथम अधिवेशनको शुभारम्भ गर्दै मन्त्री ज्वालाले समाजमा हुने राम्रा तथा नराम्रा दुवै पक्षको सत्यतथ्यलाई सुसूचित गरी पत्रकारिताले राष्ट्र तथा जनताको सेवामा समर्पित हुनुपर्नेमा जोड दिए ।

यस क्षेत्रमा भएका विकृति न्यूनीकरण गर्न संगठन अगाडि बढ्नुपर्ने बताउँदै उनले समाजवादी प्रेस सङ्गठनले स्थापनाको छोटो समयावधिमा देशभर सञ्जाल विस्तारका साथै प्रतिगमनको सशक्त विरोध गरी जनपक्षीय कार्य गरेकामा सराहना गरे । मन्त्री ज्वालाले सरकारले हालै ल्याएको वार्षिक नीति तथा कार्यक्रम गठबन्धनको न्यूनतम साझा कार्यक्रममा आधारित रहेको बताउँदै बजेटमा त्यसलाई ठोस र मूर्तरूप दिएर जनताप्रति थप उत्तरदायित्व वहन गरिने प्रष्ट पारे।

जनमुखी बजेट ल्याउन सरकार प्रतिबद्ध रहेको बताउँदै उनले भने, ‘मुलुकमा देखिएको अहिलेको आर्थिक जटिलता हामीले समाधान गर्छौँ । अर्थतन्त्रलाई एउटा सरल लयमा ल्याउन आवश्यक परामर्श र अध्ययन भइरहेको छ ।’ निर्माण क्षेत्रमा भएका ठेक्का सम्झौताअनुसार कार्यसम्पादन नगरेका कम्पनीलाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्दै मन्त्री ज्वालाले यसमा हुने ढिलासुस्ती, तोकिएका मापदण्ड पूरा नगर्ने, गुणस्तरमा कमजोरीजस्ता विकृतिको अन्त्य गर्नुपर्नेमा जोड दिए ।

बर्दियामा निर्माणका क्रममा भत्किएको पुल पुननिर्माण गर्न अदालतका निर्णय पर्खनुपर्ने भएकाले त्यस आसपास क्षेत्रमा नयाँ पुल निर्माणको सम्भाव्यता अध्ययन भइरहेकाले करिब एक सातादेखि अनशनमा रहेका संघीय सांसद सञ्जय गौतमलाई अनशन फिर्ता लिन उनले आग्रह गरे। उनी सांसद गौतमको अवस्था बुझ्न आज त्यसतर्फ जाने जानकारी गराए । मुलुकको विकास र आर्थिक समृद्धिका लागि पूर्वाधार निर्माणका क्षेत्रमा लगानी बढाउनुपर्ने उनको भनाइ थियो ।

प्रकाशित मिति : ६ जेठ २०८०, शनिबार  ६ : १५ बजे

कञ्चनपुरमा महिला मतदाता बढी

कञ्चनपुर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदाताको

आईसीसी महिला टी–२० छनोट : थाइल्याण्डसँग नेपाल पराजित

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको पहिलो खेलमा नेपाल

पहिलो पटक घण्टीघरमा प्रवेश गर्दै बालेन्द्र, रास्वपा बैठकमा सहभागी हुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह केन्द्रीय कार्यालय

गैँडाकोटबाट नारायणीमा ‘राइनो क्रुज’ सञ्चालन हुँदै

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटस्थित नारायणी नदीबाट नेपालकै पहिलो ‘राइनो क्रुज’

सर्वोच्चपछि सडकतिर पनि आधिकारिकता खोज्दै देउवा समूह (तस्बिरहरू)

काठमाडौं- नेपाली कांग्रेसबाट आधिकारिकता गुमाएको शेरबहादुर देउवा समूह सर्वोच्च अदालतपछि