स-साना विवाद वार्ताबाटै टुङ्ग्याउन सकिन्छ : न्यायाधीश खतिवडा « Khabarhub

स-साना विवाद वार्ताबाटै टुङ्ग्याउन सकिन्छ : न्यायाधीश खतिवडा


६ जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाले गाउँघरमा हुने स-साना विवाद तथा झगडा वार्ताका माध्यमबाट सुल्झाउन सुझाव दिएका छन्।

मेलमिलाप परिषद्द्वारा रसुवाको धुञ्चेमा आज आयोजित मेलमिलामसम्बन्धी अन्तरक्रियालाई सम्बोधन गर्दै न्यायाधीश खतिवडाले कानुनद्वारा निर्धारित मापदण्डलाई शिरोपर गर्दै गाउँघरमा हुने स–साना विवादका मुद्दा गाउँ न्यायिक समितिले स्थानीयस्तरमै छिनोफानो गर्न सुझाव दिएका हुन् ।

पहिलोपटक भएको जिल्लास्तरीय अन्तक्र्रियाले मेलमिलापका विषयमा रसुवाका बासिन्दामाझ जागरण ल्याउने विश्वास गरिएको छ । मेलमिलाप के हो ? मेलमिलापकर्ताको भूमिका, सामुदायिक मेलमिलापको अर्थ, विवादका प्रकार, मेलमिलापमा अपनाउनुपर्ने प्रक्रियाजस्ता विविध विषयमा यथेष्ट ज्ञान दिलाउने उद्देश्यले आयोजित अन्तरक्रियामा कानुनका मर्म र भावना प्रष्ट पारिएको थियो ।

कार्यक्रममा क्रियाशील मेलमिलापकर्ता एवं मेलमिलापमा अभिरुचि राख्ने युवापङ्क्तिको समेत ठूलो सङ्ख्यामा सहभागिता थियो । आगामी दिनमा हुने मेलमिलापका काम छिटो–छरितो हुनेमा न्यायालय आशावादी रहेको रसुवा जिल्ला अदालतका श्रेस्तेदार मुना अधिकारी ढकालले बताए ।

रसुवामा भइरहेको मेलमिलापका गतिविधि प्रस्तुत गर्दै जिल्ला अदालत रसुवाका न्यायाधीश रामचन्द्र पौडेलले मेलमिलापसम्बन्धी ऐन तथा नियमावलीको सिद्वान्तमा अगाडि बढ्न सहभागीलाई अनुरोध गरे ।

प्रकाशित मिति : ६ जेठ २०८०, शनिबार  ८ : ५० बजे

रास्वपा पदाधिकारीको मतदान तालिका प्रभावित

काठमाडाैं – रास्वपाको पहिलो महाधिवेशनअन्तर्गत पदाधिकारीको निर्वाचन तालिका प्रभावित भएको

रास्वपाका प्रतिनिधिलाई पार्टीको खाना आजमात्रै भोलिदेखि आफैँ बस्दोबस्ती गर्नुपर्ने

काठमाडाैं – सत्तारुढ दल रास्वपाको चितवनमा जारी पहिलो महाविधेशनका लागि

रास्वपा महाधिवेशनमा नगएका अमरेशको चेतावनी : संघीयतामाथि हस्तक्षेप स्वीकार्य हुँदैन

काठमाडौं – रास्वपाका सांसद अमरेशकुमार सिंहले रास्वपाकै प्रस्तावनामाथि कडा टिप्पणी

रास्वपा निर्वाचन : कोशीमा निशालाई सर्वाधिक मत, विश्वराज दोस्रो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय

रास्वपाको केन्द्रिय सदस्यमा कर्णालीबाट सीता, तासी र विनिता विजयी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य पदको निर्वाचनमा